बैसाख ६, २०८३ शनिबार

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभामार्फत ६० करोड बढीको बजेट

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानतर्फ ३७ करोड ९५ लाख ८५ हजार बिनियोजन गरेको छ ।
सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि छुट्याएपछि बाँकी रहेको २२ करोड ७३ लाख ५४ हजारमध्ये पुँजीगततर्फ १५ करोड ४९ लाख ४ हजार र चालु खर्चतर्फ ७ करोड २४ लाख ५० हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
पुँजीगत बजेटमध्येबाट सडक पुर्वाधारमा ४ करोड ३६ लाख ३८ हजार, शिक्षामा ३ करोड ३८ लाख ७१ हजार, कृषिमा १ करोड २२ लाख ४५ हजार, लक्षित समूहका लागि १ करोड ३ लाख ६१ हजार, स्वास्थ्य तर्फ ९६ लाख, संस्थागत विकासको लागि १ करोड १ लाख ५० हजार, खानेपानी तर्फ ६२ लाख ६० हजार बिनियोजन गरिएको छ ।

यस्तै, सिचाँइमा ५५ लाख १० हजार, भवन तथा शहरी विकासतर्फ ३७ लाख, विपद व्यवस्थापन कोषको लागि ३६ लाख, पर्यटन पुर्वाधार विकासका लागि ३१ लाख ७० हजार र विविध शिर्षकमा १ करोड २७ लाख ९८ हजार विनियोजन गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि ६० लाख ५७ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका लागि ६१ लाख ३८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका लागि ५१ लाख ३१ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि ७७ लाख ४८ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका लागि ५६ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका लागि ५५ लाख २५ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मका लागि ७८ लाख २५ हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर