भाद्र ३०, २०८३ सोमबार

हलेसी तुवाचुङ नगरपालिकाको नगरसभाबाट ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि अनुमानित साँढे ६४ करोडको बजेट पेश गरेको छ । बिहिबार सम्पन्न ११ औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।

उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पुर्वाधार विकास समितितर्फ कुल बजेटको ३७।१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१।७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९।९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १।१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४।८ प्रतिशत बजेट बिनियोजन गरिएको उल्लेख छ ।

नगरपालिकाले भुमी बैंकको अवधारणालाई अलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृतिलाई निरुत्साहीत गर्ने, वाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फुड लगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाँको चिनोरकोशेलीको रुपमा विक्रिरवितरणको व्यवस्था मिलाइ प्रर्वद्धन गर्ने, नगरभित्रका उच्च शिक्षा ९डक्टर, इन्जीनियर र पाईलट० अध्यायन गर्न चाहने विपन्न,जेहेन्दार तथा विद्याबारिधी गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरि स्वास्थ्य विमा कार्यक्रम लागू गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारेको छ । नगरसभा मेयर बिमला राईको सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर