भाद्र २७, २०८३ शुक्रबार

साकेला गाउँपालिकाको बजेट ३४ करोड ५६ लाख

 खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ ।

शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बिर्षिका राईले आर्थिक वर्ष २०७९÷०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पूँजीगततर्फ पालिका स्तरिय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन् ।

वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख बिनियोजन गरिएको छ । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, विजुली आदिको उचित प्रवन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर