भाद्र ३०, २०८३ सोमबार

खोटाङ रावाबेँसी गाउँपालिकाको ३८ करोड ३९ लाखको बजेट

गाउँपालिकामा विभिन्न विषयगत शाखाका लागि प्राप्त संघीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ १५ करोड २७ लाख र संघीय सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३७ लाख विनियोजन गरिएको छ।

यस्तै, प्रदेश सरकार सशर्त अनुदानतर्फ ६९ लाख २४ हजार, गाउँपालिका तथा संघीय सरकारसँगको समपुरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतीका लागि १ करोड ५० लाख, सोही सडकका लागि प्रदेश सरकारसँगको समपुरक अनुदानबाट ७८ लाख र प्रदेश सरकारकै समपुरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतीका लागि ५२ लाख विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। यस्तै, संघीय सरकार विशेष अनुदानबाट बिश्वज्योती माबि लामीडाँडाको होस्टेल निर्माणका लागि १ करोड ७० लाख, संघीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।

वडागत पुँजीगत योजनाका लागि १ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्नेगरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ ७ करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चका लागि ६ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रमका लागि १ करोड खर्च हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

रावाबेँसी गाउँपालिकाले ४५ वर्षमाथिका बिधुर पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अघि सार्ने, पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुती हुन लागेका गर्भवतीलाई निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर