बैसाख ६, २०८३ शनिबार

एमाले पराजित हुनुपर्ने १९ वटा कारणहरु सार्वजनिक गर्दै प्रतिपक्ष (छाया) सरकार  घोषणा

नेकपा एमाले खोटाङले स्थानीय तह सदस्य निर्वाचनमा पराजित हुनुको कारणहरु सार्वजनिक गरेका छन्। आईतबार होटल शुभदिनमा पत्रकार सम्मेलन गर्दै ३० बैशाखमा भएको निर्वाचनमा पराजित हुनुपर्ने १९ वटा कारणहरु सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पाँच दलीय अप्राकृतिक गठबन्धन, सत्ता र शक्तिको चरम दुरुपयोग, व्यापक आर्थिक चलखेल, गठबन्धनले दुबै पदमा पुरुष उम्मेदवार दिंदा प्रतिरोध गर्न नसक्नु, नेकपा कालमा पार्टीलाई निस्कृय बनाउनु, टिकट वितरणमा स्तरीय मापदण्ड बनाउन नसक्नु र गठबन्धन तोड्ने उपाय नअपनाएका कारण निर्वाचनमा हार व्यहोर्नु परेको जनाएको छ।

पार्टी नेतृत्वले चालेका कदमहरुप्रति बुझाईमा एकरुपता नहुनु, चुनाव खर्चिलो र भडकिलो हुनु, प्रचार अभियान फितलो हुनु, व्यवस्थित चुनावी कमाण्ड नहुनु, व्यवस्थित रुपमा युवा परिचालन गर्न नसक्नु, एमालेले गरेका कामहरुको वारेमा ब्यक्ति ब्यक्तिबीच संवाद नहुनु, संसदीय मोर्चामा पार्टीको कमाण्ड नहुुनुले चुनाव हार्नु परेको एमाले अध्यक्ष रामप्रसाद दंगाल पत्रकार सम्मेलनमा बताए।

दंगालका अनुसार घेराबन्दीबिच पनि जनमत बृद्धि हुनु, बिगतमा पार्टीले हारेका र कमजोर ठाउँहरुमा जीत हासिल गर्नु, उम्मेदवार सर्बसम्मत चयन गर्न सक्नु, पार्टीपंक्तीमा पुर्नजागरण पैदा हुनु, अवसरवादको पहिचान गर्न सक्नु र नयाँ कार्यकर्ता निर्माण गर्नु चुनावबाट देखिएका सकारत्मक पक्षहरु हुन्।

असार महिनाभित्र दुई नगरपालिका, आठ गाउँपालिकामा पालिका स्तरीय बैठक सम्पन्न गर्ने एमालेको योजना छ । अब एमालेले पार्टी प्रबेश तथा घर फर्क अभियान, जनप्रतिनिधिहरुको भेला, किसानसँग २ दिन कार्यक्रम र प्रतिपक्ष (छाया) सरकार  घोषणा लगायतका काम गर्नेछ । पार्टी बिरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई छानविन गरी कारबाहीका लागि सिफारिस गर्न पार्टी अध्यक्ष दंगालको संयोेजकत्वमा छानबिन कमिटी निर्माण गर्ने एमालेले जनाएको छ।

यस्तै, एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई, लोकेन्द्र राई, उपाध्यक्ष अरणा थापा मगर, कौशिला गुरुङ लगायत वडाध्यक्ष र वडा सदस्यलाई बधाई तथा शुभकामन दिएका छन् । पार्टीका नेता, कार्यकर्ताको आफन्तको निधनमा एमालेले श्रद्धाञ्जली अर्पण गरेको छ।
शनिबार जिल्ला कमिटीको पाँचौ सचिवालय बैठक बसेको थियो । सोही वैठकले गरेका निर्णय पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर