बैसाख ६, २०८३ शनिबार

खोटाङमा किसानसँग धान दिवस

खोटाङ, १५ असार । खोटाङमा किसानसँग रोपाई गर्दै राष्ट्रि धान दिवस मनाइएको छ ।

‘धान वालीमा जैविक विविधताको उपयोग, आयत प्रतिष्ठापनमा सहयोग’ भन्ने नारासहित बुधबार धान दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनको प्रयोगशालाको रुपमा प्रयोग भइरहेको खेतमा रोपाई गर्दै दिवस मनाइएको हो ।


कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको सहकार्यमा हाते ट्याक्टरले खेत जोतेर हिल्याउँदै धान रोपिएको छ । धान दिवसमा सामुहिक रुपमा खेतमा आली लगाउने, छेउकुना खन्ने, फ्याउरी हाल्ने, मल हाल्नेदेखि धान रोप्ने काम गरिएको छ । झरी परिरहँदा धान दिवसमा सहभागी हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै रोपाईमा सहभागी भएका छन् । धान दिवसका सहभागीलाई दही, चिउरा, केरा, आँप लगायतका परिकार खुवाइएको छ ।


धान दिवसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई, शुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राई, जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुंगेल, कृषि सम्वद्ध कार्यालय, संघसंस्थाका प्रमुख, प्रतिनिधि, कृषिसँग सम्वन्धित छात्र÷छात्राको सहभागीता रहेको थियो ।


असार किसानको मानो खाएर मुरी उव्जाउने समय हो । झरी वर्षा भइरहँदा किसान भने मानो रोपेर मुरी उव्जाउन रोपाईमा व्यस्त छन् । असार १५ लाई धान रोप्ने समयको अर्थमा बुझिने कृषिविज्ञ मदन राईले बताए ।
खोटाङका १२ हजार ८९८ हेक्टरमा धान खेती लगाउने गरिएको छ । त्यसमध्ये हालसम्म २६ प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए । यस वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले तिव्र गतिमा रोपाई भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर