असार ३०, २०८२ आइतबार

काठमाडौंमा भिक्षा माग्न निषेध

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ ।                              काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो ।साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ । साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार
मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगर बचाउ अभियानमा झण्डै २२ लाख सहयोग संकलन

  २०८२ जेठ २८, सोमबार

सम्बन्धित खबर