असार ३०, २०८२ आइतबार

पहिरोको त्रासका कारण ३ घर परिवार विस्थापित

बिस्थापित सावालुङका ३ परिवार अस्थाई टहरामा

बिस्थापित सावालुङका ३ परिवार अस्थाई टहरामा

  • पहिरोको त्रासका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा सावालुङका ३ परिवार बास सार्न वाध्य बनेका छन् ।

गत शुक्रबार राती परेको भारी वर्षाका कारण गाउँ चिरा–चिरा परेपछि सावालुङका जीतबहादुर राई, रामहिरा राई र कर्णबहादुर राईको परिवार रातका समयमा बास सार्न वाध्य बनेका हुन् । गाउँभरी धाँजा फाटेर पहिरो गएर बगाउने खतरा भएपछि विस्थापित परिवारलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लाष्टिक टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

घर माथीबाट झरेको पहीरो

घर माथीबाट झरेको पहीरो

वडा कार्यालय र टोल विकास संस्थाको पहलमा विस्थापितलाई शनिबारदेखि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो । विस्थापित परिवार बेलुका टहरामा बास बसेर बिहान घर फर्कने गरेका छन् । बेलुकाको खाना घरमा तयार पारेर अस्थायी डेरामै लगेर खाएर सुत्ने गरेका छन् । खेतको ग¥हाको बास हुँदा बुढापाका र बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।
सावालुङका भीमबहादुर राईको परिवार पनि विस्थापित भएका छन् । तर अर्को गाउँमा भूकम्पीय पुःननिर्माण अन्तरगतको घर बनाएका उनी नयाँ घरमा सरेर बसिरहेका छन् । वर्षाका कारण जालपा घलेगाउँका धनबहादुर बिक, चावालुङका शारदा राई र खरबारीका सउधन राईको परिवार विस्थापित छन् । सावालुङ पुछारमा कमेरे माटो भएकाले भारी वर्षा हुँदा स्थानीय जहिल्यै पहिरोको त्रासमा बस्न बाध्य छन् ।

एक घर र गोठका बस्तु समेत पुरेको पहीरो हौंचुर

एक घर र गोठका बस्तु समेत पुरेको पहीरो हौंचुर

जमिन चिरा पर्न थालेपछि चार वर्षअघि सावालुङका स्थानीयलाई केही हप्ता विद्यालयमा सारिएको थियो । पहिरोको त्रासका कारण बिस्थापितको उद्धार तथा राहतका लागि पहल गरिने मेयर तीर्थराज भट्टराईले बताए । यस्तै रावाबेँसी गाउँपालिका–६ हौंचुर डाँडागाउँका ११ परिवार पहिरोको जोखिममा परेको छ । पहिरो खसेपछि सोभन्दा मुनिका भैरबहादुर राई, उद्योगबहादुर भुजेल, केस्नबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, पत्थरबहादुर राई, हरि राई, प्रदीप राई र पर्शुराम राईको घर जोखिममा परेको हो । यस्तै पहिरोभन्दा माथिका शुक्रराज राई, चित्रबहादुर खत्री र डिल्लीबहादुर राउतको घर जोखिममा परेको हो । सडक मर्मतका क्रममा डिलमा थुपारिएको माटोका कारण पहिरो गएको हो । पहिरोका कारण हौंचुर डाँडागाउँका बलबहादुर खत्रीको घर बगाएको थियो । यस्तै, भैरबहादुरको पाडो र बहर गोरु पुरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार
मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगर बचाउ अभियानमा झण्डै २२ लाख सहयोग संकलन

  २०८२ जेठ २८, सोमबार

सम्बन्धित खबर