भाद्र ३०, २०८३ सोमबार

१३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताका विजेता खेलाडीहरुलाई खोटाङमा सम्मान

सम्मान पछी तस्वीरमा खेलाडी

सम्मान पछी तस्वीरमा खेलाडी

खोटाङ । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताका विजेता खेलाडीहरुलाई खोटाङमा सम्मान गरिएको छ। किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा मंगलबार नगदसहित सम्मान गरिएको हो।

दिक्तेलस्थित बहुउद्देश्य कबर्ड हलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण पदक, कास्य पदक, रजत पदक विजेता, प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही दश हजार र सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको किरात राई खेलकुद संघले जनाएको छ।

सम्मान पछी तस्वीरमा खेलाडी

सम्मान पछी तस्वीरमा खेलाडी

संघले १३ औं साग प्रतियोगितामा तेक्वान्दोमा स्वर्ण पदक जितेका सुशिला राई सुनसरी, उसुमा कास्य पदक जितेका अशोक खालिङ राई ईलाम, स्क्वासमा कास्य पदक जितेका भावना सुनुवार रामेछाप, आर्चरीका टिम व्यवस्थापक मिना कुमारी रञ्जु उदयपुर, बक्सिङका टिम व्यवस्थापक प्रमिला राई झापा र १२ औं साग प्रतियोगितामा कबड्डीमा कास्य पदक जितेका सम्झना राई बारा लाई नगद सहित सम्मान गरेको हो।

सम्झनालाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुको तर्फबाट दश हजारले सम्मान गरिएको छ।

यस्तै, मुआईथाई वल्ड च्याम्पियन सन्जय राईलाई पनि दश हजार नगद र सम्मान पत्र प्रदान गरिएको छ। विजेता खेलाडीहरुलाई प्रदेश नं। १ का सामाजिक विकास मन्त्री राजन राईले नगद र सम्मान पत्र प्रदान गरेका हुन्।

महाधिवेशनको अवसरमा १३ औं र १२ औं सागमा स्वर्ण पदक विजेता ३ जना, कास्य पदक विजेता १० जना, रजत पदक विजेता १४ जना, प्रशिक्षक २ जना र टिम व्यवस्थापक २ जना सहित ३१ जनालाई सम्मान गर्ने लक्ष्य रहेकामा ६ जनालाई मात्रै सम्मान गरिएको किरात राई खेलकुद संघका अध्यक्ष महेन्द्र कुमार राईले बताए।

राईका अनुसार सागका अन्य विजेता खेलाडी एसियन क्यामको बन्द प्रशिक्षण र विदेशमा भएकाले काठमाण्डौमै सम्मान गरिनेछ। कार्यक्रममा अन्य विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरुलाई पनि सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर