बैसाख ६, २०८३ शनिबार

पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिए पछी प्रशासनको नीयत्रणमा ड्यु

पेट्रोलको गन्ध आउने ड्यु अनुगमन टोली स्थलगत अध्ययन

  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको बताएका छन् ।

साउने संक्रान्तीका दिन आफ्नो घरपरीवार सीत बसेर पिउनका लागि दिक्तेलबजार स्थीत हटीयाडाडाको ईन्द्र किराना पसलबाट खरिद गरेको ड्युमा घर लगेर परीवार बसेरखान लाग्दा पेट्रोलको गन्ध आएको दावी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेलबजारको ईन्द्र किराना पसलबाटै तीन बोत्तल ड्यु खरिद गरी लगेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको स्थानीयहरुलेले बताएकाँछन् ।

बरुण बेभरेज नेपाल प्रालि, काठ्माडौंले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ । बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालक र खुद्रा ब्यापारी ग्राहक भेट्न पुगेका थिए । स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । स्थानीयका अनुसार आफुहरुलाई खुद्रा ब्यापारीले समेत भेटेर,फोन गरेर सामाजिक संजालमा हालेकोमा धाक धम्की समेत दिएको मदानी खबर संग गुनासो पोखेकाछन ।


पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पशल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ । ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् ।
गत २८ असारमा दिक्तेलकै एक पशलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकीले बताए । पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकी बताउँछन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा मानव अधिकार आयोगले पनि चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर