बैसाख ६, २०८३ शनिबार

कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्ष राई द्वारा निर्माण कम्पनिलाई दवाब

 messenger sharing button खोटाङको दिप्रुङ  चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दवाव दिएका छन् ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तिव्र गतिमा गर्न दवाव दिएका हुन् ।

शनिबार काठ्माडौंमा भएको भेटमा अधिकारीले अभिलम्व कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए ।

२०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ ।

महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ ।

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगती भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उँड्ने गरेको छ । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासीले सास्ती खेप्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर