भाद्र ३०, २०८३ सोमबार

दशै तिहार विशेष डबल ब्याडमिन्टन खेल प्रतियोगिता सम्पन्न

खेल सन्चालन गर्न वडा अध्यक्ष ध्रुर्व बिक्रम राई द्वारा कक हस्तान्तरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मामा दशै तिहार विशेष पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपालिहरुको महान चाडहरु नजिकिए संगै खोटाङको खेल क्षेत्रको महत्वको रुपमा हेरिएको सोल्माले देबेन्द्र राईको संयोजकत्वमा असोज १६ देखि १७ गते सम्म दिक्तेल बजारको कबर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो ।      खेल सन्चालन गर्न वडा अध्यक्ष ध्रुर्व बिक्रम राई द्वारा कक हस्तान्तरण             पछिल्लो समय आकर्षण बन्दै गएको ब्याडमिन्टन खेलको प्रबर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको खेल सम्योजक देबेन्द्र राईले मदानी खबरलाई बताउनुभयो । प्रतियोगितालाई नयाँ खेलाडीले अवसर र चाड पर्वमा रमाईलोको रुपमा लिदै रमाईलोको नाममा तास ,जुवा जाड, रक्सी जस्ता बिकृतिलाई वडा भित्र निरुत्साहित गरि खेलमा जोड्दै अनुसासित र मर्यादित वडा र वडाको नागरिक बनाउनका लागि सुरुवातिको रुपमा यश प्रतियोगितालाई लिन सकिने वडा अध्यक्ष ध्रुर्ब बिक्रम राईको भनाई रहेको छ ।
प्रतियोगितामा ए टिम बाट १० टिम र बि टिम बाट ८ टिम गरि जम्मा १८ टिमको सहभागिता रहेको थियो । खेलमा ए टिम र बि टिम गरि दुई टिम बिभाजन गरिएको थियो ।             प्रतियोगिताको   ए टिम तर्फ प्रथम पवन राई र केसब पुरि द्वितीय राम भक्त राई र अनिल गिरि सान्त्वना प्रवीण मुग्राती र देवन राई ,रोमन राई रोचक राईले प्राप्त गरेका थिए ।भने बि टिम तर्फ प्रथम  हरि खड्का र राजकुमार राई ,द्वितीय, हट मिलन राई र टेक बहादुर मुग्राती, सान्त्वना प्रवेश राई र राजन पुरी ,अम्बर श्रेष्ठ र रबिन राईले प्राप्त गरेका थिए । प्रतियोगितामा बिजयी ए टिमले क्रमशः प्रथम ८ हजार द्वितीय ५ हजार र सान्त्वना २ टिमले ३/३ हजार रुपैयाँको दरले नगद पुरस्कार पाप्त गरेका छ्न । त्यसैगरी बि टिमका बिजयी खेलाडिहरुले प्रथम ५ हजारद्वितीय ३ हजार र सान्त्वना २ टिमले २ / २ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन ।  प्रतियोगिताको उद्घाटन दिक्तेल रुपाकोट मझुकागढी नगरपालिका २ सोल्माका वडा अध्यक्ष ध्रुर्ब बिक्रम राईले गर्नु भएको थियो ।
खेल सन्चालनका लागि वडा कार्यालयबाट नगद रु १० हजार
हट मिलन राई रू५ हजार ,ध्रुब बिक्रम राई वडा अध्यक्ष ब्यक्तिगत रू २०००।- याम राई लाहुरे रू३०००।-धाैलाराज राई रू३०००।-, रामभक्त राई रू१०००।- याेगराज पुरी रू१०००।-मिलन राई लिच्किराम्चे(माभे) रू १०००।- जयकुमार राई १ राेल कक सहयोग गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर