भाद्र २९, २०८३ आइतबार

एमाले ले खोटाङको संघ र प्रदेशको उम्मेद्बार टुंगो लायो

सिताराम राई (सञ्जिव)

आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले खोटाङ्को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले एमालेका उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

खोटाङका प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरुको नामावली मध्यबाट केन्द्रले आधिकारिक डकुमेन्ट मागेको आधारमा उम्मेदवार बन्नेहरुको नामको टुङ्गो लागेको एमाले खोटाङका सचिब कुमार प्रसाद आचार्यले मदानी खबरलाई बताउनुभयो ।
एमालेले खोटाङको प्रतिनिधिसभा उम्मेद्बारीका लागि एमालेका पोल्युटब्यूरो सदस्य, एमालेका प्रमुख सचेतक तथा जिल्ला इन्चार्ज विशाल भट्टराई लाईं उम्मेदवार बनाएको उहाँले बताउनुभयो ।

यसैगरी प्रदेश सभा तर्फ (क) मा पाँचकर्ण राई (पि.के) र (ख) राम प्रसाद दंगाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । प्रतिनिधि सभाका लागि खोटाङबाट ७ जना र प्रदेश सभाकालागी क बाट ४ जना र ख बाट निर्विरोध रामप्रसाद दंगालको नाम सिफारिस भएको थियो । यही असोज २३ गते खोटाङमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्बारी सिफारिस भएका प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य तिनै जना उम्मेद्बारीहरुले उम्मेदवार दर्ता गराउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर