असोज १०, २०८३ शुक्रबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

हलेसिमा कोदोको परिकार सम्बन्धि तालिम

“कोदोको परिकार, स्वास्थ्यको सुरक्षा, आम्दानीको आधार” नारासहित हलेसी तुवाचुङमा सीप विकास तालिम सम्पन्न

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ तथा प्याकेजिङ सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ। तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै कोदोका परिकारको व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्य राखेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनु भयो ।

हलेसिमा कोदोको परिकार सम्बन्धि तालिम

 

समापन कार्यक्रममा सहभागीहरूले अर्गानिक तथा स्थानीय स्वादमा आधारित कोदोबाट तयार गरिएका विभिन्न परिकारहरू—कोदोको कुकिज, कोदोको निम्की, कोदोको डोनट, तथा कोदोको मफिन— प्याकेजिङ गरी प्रदर्शन गरेका थिए ।

कोदोको परिकार  तालिम पछि प्रशिक्षार्थिहरुले बनाएको सामाग्रीहरु ।

सहभागीहरूले उत्पादन गरेको सामग्रीलाई बजारमुखी बनाउने प्रयासस्वरूप ब्राण्डिङ र प्याकेजिङको तालिम अत्यन्त उपयोगी भएको मेयर बिमला राईले बताउनु भयो ।

हलेसिमा कोदोको परिकार सम्बन्धि तालिम

यस तालिमले कोदोको बहुपयोगीता, स्वास्थ्यमा हुने फाइदा तथा स्थानीय स्रोतको सदुपयोगमार्फत आम्दानी बढाउने मेयर राईले बिश्वास व्यक्त गर्नु भयो ।

सहभागी तथा प्रशिक्षकलाई प्रमाणपत्र तथा प्रसंंशापत्र प्रदान गरिएको थियो ।

हलेसिमा कोदोको परिकार सम्बन्धि तालिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर