असार ७, २०८२ शुक्रबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा निःशुल्क स्वास्थ्य परिक्षण

सिताराम राई (सञ्जिव)

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विश्व दृष्टि दिवसको अवसरमा बिहिबार निःशुल्क स्वास्थ्य परिक्षण आयोजना गरेको छ । बिहीवार हलेसी तुवाचुङ नगरपालिका र आँखा तथा कान उपचार केन्द्र हलेसीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा १ सय भन्दा बढीले सेवा लिएका नगरपालिकाका मेयर विमला राईले मदानी खबरलाई बताउनुभयो ।

आँखा जाच पछि निशुल्क चस्मा बितरण गर्नु हुँदै नगर प्रमुख

   वडा नम्बर तीन च्यास्मिटार स्वास्थ चौकीमा आयोजना गरिएको कार्यक्रमबाट १ सय ४२ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले मदानी खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा निशुल्क आँखा जाँच र चस्मा वितरण तथा जेष्ठ नागरिक लगायत अन्यको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

आँखा जाचपछी चस्मा बितरण गर्नु हुदै उप प्रमुख

 जसमा चस्मा लाउन आवश्यक भएका ४६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । आँखा परिक्षणबाट १४ जनाको मोतिबिन्दु भएको बिरामी फेला परेका छन् । यसैबिच, हलेसी तुवाचुङ नगरपालिकाले आगामि कात्तिक १९ देखि २१ गतेसम्म

मन्तब्यको क्रममा नगर उपप्रमुख

हलेसीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सोही शिविरमा आज छनोट भएका मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने मेयर राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर