श्रावण १२, २०८१ शनिबार

सुरक्षित आप्रवासन सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम सम्पन्न

 

मदानी खबर खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन सामीे परियोजनाले सुरक्षित आप्रवासन सम्बन्धी अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार दिक्तेल स्थित होटल शुभ दिनमा पत्रकार सम्मेलन गरि सुरक्षित आप्रवासन सामी परियोजनाले ६ महिनाको कार्य प्रस्तुत गरेको छ ।
बाल सेवा समाज नेपाल, नेर्पा खोटाङका अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजननले खोटाङमा रहेको बैदेशिक रोजगार सम्बन्धिको तथ्यांक सार्वजानिक गरेको छ ।
सुरक्षित आप्रवासन परियोजना सामीले बैदेशिक रोजगार सम्बन्धि सुचना तथा परामर्श सेवा, निशुल्क सिप तालिम, निशुल्क कानुनी सेवा, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता कक्षा सञ्चालन र सामाजिक परिचालन जस्ता गतिविधिहरु गर्दै आएको छ ।
सुरक्षित आप्रवासन परियोजनन सामीले ३ पटक सम्म अभियान कर्ता परिचालन गरि ४१ स्थानमा समुदाय अभिमुखिकरण कार्यक्रम र २१ स्थानमा गहन अभिमुखिकरण कार्यकक्रम सञ्चालन गरेको छ ।
बैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमुलक बनाउनका लागि १ महिनाको खाना बास सहितको नि शुल्क सिप तालिम समेत प्रदान गर्दै आएको छ । ६ महिनाको अवधिमा यस परियोजना बाट ५० जनाले सिप सिकेर गएका छन् ।
सिप सिकेर गएमा काम गर्न सहज हुने, काम अनुसारकै तलब पाइने र ठगि बाट बाट जोगिन पनि सकिने कार्यक्रम संयोजक सन्तोस राईले बताउनुभयो ।
यस परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका, केपिलागढी गाउँपालिका हलेसि तुवाचुङ नगरपालिकामा बैदेशिक रोजागर सम्बन्धी वितिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बितिय साक्षरता कक्षामा सहभागितामा भए पश्चाताव समुदाय स्तरमा परिर्वतन आएको संयोजक राईले बताउनुभयो ।
बचतमा बृद्धि गर्नेहरु २०८ जना रहेका छन् । बैदेशिक रोजगारमा रहेका घरपरिवारले ३२७ जनाले कागज पत्र मगाएका छने । खर्च र आम्दामी हिसाव पासबुकमा भर्ने १५८ जना रहेका छन् भने व्यवसायिक योजना बनाएर काम सूरु गर्नेहरु १०१ जना रहेका छन् ।
बालसेवा समाजले प्रस्तुत गरेको कार्य पत्रमा ठगिको मुद्धा बढि रहेको देखिन्छ । ६महिनाको अवधिमा १३ जनाको ठगीमा परेको, जेल खोजि उद्धारमा ९ जनाको , आर्थिक सहायतामा ३ जनाको, मृत्यु भएको २ जनाको बिरामी भएको १ जनाको केश दर्ता भएका छन । केहि केशहरु समाधान भइसकेका र केहि समाधानको प्रकृयामा रहेका छन् ।
साउन देखि मंसिर सम्म २५५३ जना पुरुष र १४६ जना महिला गरि जम्मा २६९९ जनाले बैदेशिक रोजगार जानको लागि श्रमस्वकृति लिएका छन् ।
स्थानीय स्तरमा ठगिको केश बृद्धि भएसगै न्याय पाउनुमा समस्या कठिन भएको, आत्महत्या केशमा बृद्धि, वैदेशिक रोजगार जाने प्राय तालिम नै नसिकी जानेको संख्या बढी भएको, पारिवारिक द्धन्द्ध बढी रहेकोर र करार, श्रम सम्झौता अवधि सक्रिय पछि मृत्यु भएकाहरुले आर्थिक साहयता तथा बालबच्चा शैक्षिक छात्राबृद्धिबाट बन्चित् भएका बैदेशिक रोजगार मुख्य सवालहरु रहेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सिप सिकेर बैदेशिक रोजगार जानेको संख्या बढदो रहेको छ । सिप सिकेर जानेको संख्या २०७४र७५ मा १९ प्रतिशत रहेकोमा हाल ३२।२९ प्रतिशत रहेको छ । खोटाङ जिल्लाको हकमा सिप सिकेर जानेको संख्या करिब ४० प्रतिशत रहेको छ ।
बैदेशिक रोजागरमा आवद्ध भएमध्ये पुरुष १४२३ र महिला ६० जना रहेका छन् । बैदेशिक रोजगारमा जानेहरु साउदिमा २५।६२ प्रतिशत, यु ए ई मा १६।७२ प्रतिशत, मलेसियामा १४।०२ प्रतिशत, कतारमा २०।३६ प्रतिशत र बाकि अन्य देशहरुमा रहेका छन् ।
एजेन्टहरुको चलखेल घटदो रहेको तथ्यांङमा रहेको छ । ७६।८७ प्रतिशत व्यक्तिहरु सिधै मेनपावरमा सम्पर्क गरि जि टु जि मार्फत बैदेशिक रोजगार गएका छन् ।
यस दिक्तेल रुपाकोटक मझुवागढी नगरपालिकाका १०४ जना व्यक्तिहरु गन्तव्य मुलुकमा समस्यामा रहेका छन् । सम्झौता अनुसार काम तलव नपाएको, नेपाल र्फकन नपाएको,काम गरेपनि लामो समयदेखि तलव नपाएको जस्ता समस्याहरु गन्तव्य मुलुकमा आप्रवासीहरुले भोगिरहेका तथ्याङमा उल्लेख रहेको छ ।
यस नगरपालिकामा १०५ जना आप्रवासीका सदस्यहरु स्वदेशमा समस्या रहनुभएको छ । बृद्ध तथा बालवालिकाहरु एक्लिएको परिवारमा लामो समयदेखि सम्पर्क नभएको पैसा, नपठाएको जस्ता समस्याहरु आप्रवासि परिवाहरुले भोगिरहेका हेल्बेटास कार्यक्रम अधिकृत उमा पौडेलले बताउनु भयो ।
बैदेशिक रोजागरबाट ३८ महिलासहित ८०० जना स्वदेश फर्किएका छन् । बैदेशिक रोजागरबाट फर्किएका मध्ये ६५।६२ प्रतिशत व्यक्तिहरु व्यवसायीक रुपमा कृषि, पशुपालन, पसल, होटल लगाएतका व्यवसायमा आवद्ध छन् ।
सकेसम्म बैदेशिक रोगारमा नजाने जानै परेमा आवश्यक सिप तालिम लिएरमात्र जान रहेका बालसेवा समाजका कार्यक्रम संयोजक सन्तोस राईले आग्रह गर्नुभयो ।
बैदेशिक रोगारमा नेपालीहरु ठगिमा पर्ने, झुुठो आश्वासन,कबुल गरे भन्दा फरक काम तथा सेवा सुविधा उपलब्ध हुने अवस्थाले कतिपय अवस्था लागत भन्दा प्रतिफल न्युन भएको बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको समस्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर