मंग्सिर १४, २०८० बिहिबार

४०० वर्षपछि मन्दिरमा पानी पुग्यो

कालिका भगवती मन्दिर

खोटाङको प्रसिद्ध धार्मिक स्थल मझुवाकालिका भगवती मन्दिरमा ४०० वर्षपछि पानी पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित उक्त मन्दिरमा पहिलो पटक २१ किलोमिटर टाढा दुरीबाट पानी पुर्‍याइएको हो । खानेपानी सव–डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०७२/०७३ मा सुरु गरेको हो ।

कालिका भगवती मन्दिर

चालु आर्थिक वर्षमा सव–डिभिजन कार्यालयले २० लाख बजेट विनियोजन गरेसँगै मन्दिर परिसरममा पुर्‍याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउँनुभयो । मन्दिर परिसरमा धार्मिक मान्यता अनुसार नौ धारा निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ मुडे स्थित दिखुवा सिरको लोचाबाट पाइप मार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ कालिका भगवती देविस्थान मन्दिर सम्म पानी पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम दिक्तेलबाट करिब १ किलोमिटरको दुरीमा अवस्थित मन्दिरमा यस अघि मानिसहरुले  घरबाटै बोकेर जानुपर्ने बाध्यता थियो  । मन्दिरमा पानी पुगेपछि मन्दिर सरसफाइ तथा अन्य नृत्यकर्मका लागि पानी बोक्नुपर्ने बाध्यता हटेको पुजारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर