बैसाख ७, २०८३ आइतबार

४०० वर्षपछि मन्दिरमा पानी पुग्यो

कालिका भगवती मन्दिर

खोटाङको प्रसिद्ध धार्मिक स्थल मझुवाकालिका भगवती मन्दिरमा ४०० वर्षपछि पानी पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ स्थित उक्त मन्दिरमा पहिलो पटक २१ किलोमिटर टाढा दुरीबाट पानी पुर्‍याइएको हो । खानेपानी सव–डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०७२/०७३ मा सुरु गरेको हो ।

कालिका भगवती मन्दिर

चालु आर्थिक वर्षमा सव–डिभिजन कार्यालयले २० लाख बजेट विनियोजन गरेसँगै मन्दिर परिसरममा पुर्‍याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताउँनुभयो । मन्दिर परिसरमा धार्मिक मान्यता अनुसार नौ धारा निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ मुडे स्थित दिखुवा सिरको लोचाबाट पाइप मार्फत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५ कालिका भगवती देविस्थान मन्दिर सम्म पानी पुर्‍याइएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम दिक्तेलबाट करिब १ किलोमिटरको दुरीमा अवस्थित मन्दिरमा यस अघि मानिसहरुले  घरबाटै बोकेर जानुपर्ने बाध्यता थियो  । मन्दिरमा पानी पुगेपछि मन्दिर सरसफाइ तथा अन्य नृत्यकर्मका लागि पानी बोक्नुपर्ने बाध्यता हटेको पुजारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर