मंग्सिर २१, २०८० बिहिबार

साकेला गाउँपालिका रतन्छामा ३ महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम

खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा  तीन महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम सम्पन्न भएको छ ।

“औद्याेगिक लगानी र पुर्वाधार-समृद्धिको वलियो आधार’  भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त आयोजनामा गत बैशाख १० गतेबाट शुरु गरिएको तालिम असार १९  गते समापन भएको  हो ।

सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुहुदै पालिका अध्यक्ष रवि प्रकाश राई

सहभागिलाई प्रमाणपत्र प्रदान गर्नुहुदै पालिका अध्यक्ष रवि प्रकाश राई

तीन महिने कपडा सिलार्ई कटार्ई तालिममा साकेला गाउँपालिकाका स्थानीय दश जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम अवधिभर प्रशिक्षक महेश परियारले सहभागिहरुलाई  सिलाई कटाई सम्बन्धि तालिम दिनु भएको थियो । तालिम समापन कार्यक्रममा बोल्नुहुदै  यश पेशालाई व्यवसायिक रुपमा अघि बढाउने  प्रतिवद्धता गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले गर्नु भएको छ । तालिम समापन पश्चात सहभागीहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी सहभागिहरुलाई नै पालिका अध्यक्ष राईले  हस्तान्तरण गर्नुभएको छ ।

 

सहभागिलाई सिलाई मेसिन हस्तान्तरण गर्नु हुँदै पालिका अध्यक्ष रविप्रकाश राई

स्थानीय महिलाहरुलाई उद्यमशील बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम  सञ्चालन गरिएको पालिका अध्यक्ष राईले धारणा व्यक्त गर्नु भयो  । तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर, एक व्यवसाय, एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको  स्पष्ट पार्नुभयो ।

सहभागीलाई प्रमाणपत्र हस्तान्तरण हुदै

सहभागिलाई प्रमाणपत्र हस्तान्तरण हुदै

  • वडा नं.२ का कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता एवं  पालिका अध्यक्ष रबिप्रकाश रार्ईको प्रमुख  आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागि महिला उध्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लघुउद्यम सहजकर्ता सुरेशसिं धामी, वडास्तरीय जनप्रतिनिधिहरु, प्रशिक्षक  महेश परियार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।  तालिम समापन सहजिकरण सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर