मंग्सिर २१, २०८० बिहिबार

व्यापारिक प्रयोजनको सामग्री भण्डारणस्थल बन्यो शहीद मनोज जोशीको समाधिस्थल

शहीद मनोज जोशीको समाधिस्थल बन्यो व्यापारिक प्रयोजनको सामग्री भण्डारणस्थल
खोटाङ, २८ माघ । शहीद मनोज जोशीको समाधिस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पतालचोक निर्माण सामग्री भण्डारणस्थल बनेको छ । स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्षेत्रमा फलामे रड, खानेपानीको पाइप, जस्तापाता, हिलट्याङ्की लगायतका निर्माण सामग्री भण्डारण गर्ने गरेका हुन् ।

शहीद जोशीको समाधिस्थल तथा शालिक राखिएको क्षेत्रलाई एउटा व्यक्तिले व्यापारिक प्रयोजनका लागि निर्माण सामग्री भण्डारणस्थल बनाएको विषयमा अहिलेसम्म कसैको चासो गएको छैन । शहीद व्यक्तिगत स्वार्थ बिना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

यद्यपि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका शहीद जोशीको समाधि तथा शालिक राखिएको क्षेत्रमा निर्माण सामग्री राखेर शहीदहरुप्रति नै अपमान गरेको पाइएको छ । शहीद जोशीको समाधि तथा शालिक सुरक्षित गर्न लगाइएको घेराबार प्रवेश गर्ने ढोकाको साँचा तथा चाँबीसमेत व्यापारी खड्कासँगै रहेको पाइएको छ ।

शहीद जोशीको समाधि तथा शालिक राखिएको ठाउँ हडपेर जथाभावी व्यापारिक प्रयोजनका सामग्री राखिएको विषयलाई लिएर परिवारले भने दुःख व्यक्त गर्दै आएका छन् । “शहीद मनोज जोशीको शालिक तथा समाधिस्थल बेवारिसे अवस्थामा छ”, शहीद जोशीका परिवारले भन्यो, “यसको रेखदेख गर्ने सम्पूर्ण जिम्मा शहीद मनोज जोशी स्मृति प्रतिष्ठानले लिएको छ । जथाभावी भण्डारण गरिएका सामग्री हटाउन पटक–पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएको छैन ।”

शहीद जोशीको समाधि तथा शालिक वरपर राखिएका निर्माण सामग्री तत्काल हटाउन लगाइने शहीद मनोज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । “शहीद जोशीको शालिक राखिएको ठाउँभन्दा बाहिरी भागमा पर्ने खाली जग्गा वार्षिक रु एक लाख ५० हजार भाडामा लगाएका हौँ”, उहाँले भन्नुभयो, “घेराबारभित्रसमेत व्यापारिक सामग्री राखिएको पाइएकाले तत्काल हटाउन आग्रह गरेका छौँ ।”

शहीद जोशीलाई वि।सं। २०४८ साउन १५ गते प्रहरीले हानेर हत्या गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको बिरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले गोली हानेको हो ।

बिरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर जोशीको मृत्यु भएको घटनाका प्रत्यक्षदर्शी एवम् नेकपा ९माओवादी केन्द्र०का नेता सुमन श्रेष्ठले बताउनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’का रुपमा चिन्ने गरिन्छ ।

कर्मचारी आन्दोलनका क्रममा हत्या गरिएका जोशीलाई सरकारले २६ वर्षपछि वि।सं। २०७४ माघ २२ गते शहीद घोषणा गरेको थियो । उसबेला आक्रोशित भीडले जिल्लास्थित केही सरकारी कार्यालयका प्रमुखलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहारसमेत गरेका थिए ।

सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी १३ जना कर्मचारी जागिरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०ले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।

बुबा नारायणप्रसाद र आमा अम्बिका जोशीको कान्छो छोरा मनोज जोशी वि।सं। २०३० असोज २३ गते दिक्तेल बजारमा जन्मनुभएको थियो । बास्तविक नाम ‘सर्मेन्द्र’ भएपनि मनोजका नामले परिचित शहीद मनोज जोशी इन्द्रेणी साँस्कृतिक समाज दिक्तेल तथा युवा सङ्गठनमा आवद्ध हुनुहुन्थ्यो ।

सामाजिक काममा क्रियाशील जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमासमेत परिचित हुनुहुन्थ्यो । सकारले मनोज जोशीलाई शहीद घोषणा गरेपनि स्मृति दिवसमा बाहेक खासै सम्झने गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर