असार ७, २०८२ शुक्रबार

मिर्गौला पीडित बिक्रम सारु मगर बचाउ अभियानमा झण्डै २२ लाख सहयोग संकलन

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगर बचाउ अभियानमा झण्डै २२ लाख सहयोग संकलन भएको छ ।

उदयपुर, रौतामाई गाउपालिका  ५ हात्तिपाईलेका   मिर्गौला रोगबाट पीडित ३३ वर्षीय बिक्रम सारु मगरको उपचारका लागि सञ्चालन गरिएको बचाउ अभियानमा झण्डै रु. २२ लाख (रु. २१,३८,४५७.२४) सहयोग संकलन गरिएको छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५, हातिपाईले निवासी स्व. मानबहादुर मगरका नाति तथा गुमानसिंह मगरका छोरा बिक्रम सारु मगर आर्थिक रूपमा कमजोर पारिवारिक अवस्थाका कारण उपचार खर्च जुटाउन नसक्ने स्थितिमा पुगेका थिए।

बचाउ अभियानको सुरुवात २०८२ साल बैशाख १२ गते (2025 अप्रिल २५) शुक्रबार कादिनबाट गरिएको थियो। करिब ४५ दिनसम्म सञ्चालन भएको उक्त अभियान २०८२ जेठ २५ गते (2025 जुन ८) मा सम्पन्न भएको हो। अभियानको क्रममा ३१८ जना स्वयंसेवक तथा नेतृत्वकर्ताहरूको सक्रिय सहभागिता रह्यो भने प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४५०–५०० जनाको योगदानबाट सो रकम संकलन गर्न सफल भएको अभियान सञ्चालक ईन्द्र लिमेल मगरले जानकारी दिए।

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

अभियानको समापन कार्यक्रम काठमाडौँस्थित नेकपा (एमाले) खोटाङ सम्पर्क मञ्चको कार्यालयमा आयोजना गरिएको थियो। कार्यक्रममा औपचारिक रूपमा चेक हस्तान्तरण नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा संविधान सभा सदस्य माननीय विशाल भट्टराई र उदयपुर क्षेत्र नं. २ का सांसद माननीय अम्बर रायमाझीद्वारा संयुक्त रूपमा बिरामी बिक्रम सारु मगरलाई प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, “प्रधानमन्त्री ओलीज्यूको उदाहरणबाट पनि आत्मबल लिने प्रेरणा पाइन्छ। आत्मबल नै मान्छेको सबैभन्दा ठूलो शक्ति हो।” उनले बिरामी बिक्रमलाई आत्मबल मजबुत बनाउन आग्रह गर्दै सहानुभूति प्रकट गरे।

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

बिरामी बिक्रम सारु मगरले सहयोगी सबैप्रति आभार प्रकट गर्दै भने, “अब मलाई बाँच्ने आशा पलाएको छ। तपाईंहरूको सहयोगले मलाई नयाँ जीवन दिएको छ।”

सहयोग संकलनमा योगदान पुर्‍याउने अभियान्ताहरूमा प्रकाश बन्जारा (मलेसिया), केदार आले मगर (कुवेत), अर्जुन मगर (कुवेत), बिश्व राना मगर (साउदी), भुवन सारु मगर (साउदी), बिदुर कार्की (काठमाडौँ), किरण सारु मगर (यूएई), प्रेम राना मगर (साउदी), उमेश बुर्जा मगर (साउदी), मनोज आले मगर (खोटाङ), नगेन्द्र आले मगर (बहराइन) लगायत बिरामीका परिवारजन र बिरामी स्वयंको निरन्तर सक्रियता उल्लेखनीय रहेको थियो।

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

मिर्गौला पीडित बिक्रम सारु मगरलाई चेक हस्तान्तरण

कार्यक्रममा माननिय रायमाझीले सहयोगदाताहरूप्रति आभार प्रकट गर्दै बिरामी बिक्रमको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे। कार्यक्रम सञ्चालन तथा व्यवस्थापन मुख्य भुमिका ईन्द्र लिमेल मगरले गरेका थिए। हाल  मिर्गौला पिडित मगरलाई आफ्नै बुवा गुमानसिंह मगरले १ वटा मिर्गौला दिने भएपछी  अब बिरामी मगरलाई  किड्नी ट्रासप्लान्ट चाडै हुने अभियान्ता ईन्द्र लिमेल मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर