मंग्सिर २१, २०८० बिहिबार

साकेला गाउँपालिकामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम

खोटाङको साकेला गाउँपालिकामा पाँचदिने आधारभुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ ।साकेला गाउँपालिकाको आर्थिक लगानिमा तालिम सम्पन्न भएको हो।

पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिममा १४ जना सहभागी रहेका थिए ।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रवि प्रकाश राईले अहिलेको युुगमा सञ्चार माध्यम  सबैभन्दा शक्तिशाली रहेको बताउँदै जनतालाई सत्य तथ्य सूचना सुचित गराउन यश क्षेत्रलाई अझ बलियो बनाउन यस्ता तालिमहरुको महत्व रहेको उहाँको भनाई थियो ।

अहिले विश्वमा सबैभन्दा शक्तिशाली मानिएका राष्ट्रहरुले सूचना संचार र प्रविधिलाई उपयोग गरेकै कारण बलशाली बनेका बताउँदै अध्यक्ष राईले अब यो अभियानमा सबै स्थानीय तह र  क्षेत्रहरुपनि जोडिनुपर्ने बताउनु भयो । यसका साथै साकेला गाउँपालिका भित्र हुने सबैखाले क्रियाकलापहरुलाई समाचारको माध्यामबाट विश्वसामु पुर्‍याउन यो तालिम पश्चात् तालिममा सहभागीहरुको भुमिका रहने बिश्वास व्यक्त गर्नु भयो।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिका उपाध्याक्ष विर्सिका राईले पत्रकारिता तालिमले पालिकाका हर सूचना तथा शन्देशहरु सर्वसाधरण सम्म  सम्म ग्रामिण क्षेत्रमा भएका बिकाश निर्माणका कुराहरु छायामा पर्ने हुदा यश तालिमले सो भुमिका निर्वाह गर्ने सम्बाहक उत्पादन हुने बिश्वास  रहेको धारणा व्यक्त गर्नु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईको सभापतित्वमा भएको कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पालिकाका समाजिक विकास अधिकृत दुुर्गाबहादुर राईले संचालन गर्नु भएको समापन कार्यक्रममा प्रशिक्षक द्व्रय उजुर राई र भिम राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर