असोज १, २०८३ बुधबार

साकेला गाउँपालिकामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम

खोटाङको साकेला गाउँपालिकामा पाँचदिने आधारभुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ ।साकेला गाउँपालिकाको आर्थिक लगानिमा तालिम सम्पन्न भएको हो।

पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिममा १४ जना सहभागी रहेका थिए ।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रवि प्रकाश राईले अहिलेको युुगमा सञ्चार माध्यम  सबैभन्दा शक्तिशाली रहेको बताउँदै जनतालाई सत्य तथ्य सूचना सुचित गराउन यश क्षेत्रलाई अझ बलियो बनाउन यस्ता तालिमहरुको महत्व रहेको उहाँको भनाई थियो ।

अहिले विश्वमा सबैभन्दा शक्तिशाली मानिएका राष्ट्रहरुले सूचना संचार र प्रविधिलाई उपयोग गरेकै कारण बलशाली बनेका बताउँदै अध्यक्ष राईले अब यो अभियानमा सबै स्थानीय तह र  क्षेत्रहरुपनि जोडिनुपर्ने बताउनु भयो । यसका साथै साकेला गाउँपालिका भित्र हुने सबैखाले क्रियाकलापहरुलाई समाचारको माध्यामबाट विश्वसामु पुर्‍याउन यो तालिम पश्चात् तालिममा सहभागीहरुको भुमिका रहने बिश्वास व्यक्त गर्नु भयो।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिका उपाध्याक्ष विर्सिका राईले पत्रकारिता तालिमले पालिकाका हर सूचना तथा शन्देशहरु सर्वसाधरण सम्म  सम्म ग्रामिण क्षेत्रमा भएका बिकाश निर्माणका कुराहरु छायामा पर्ने हुदा यश तालिमले सो भुमिका निर्वाह गर्ने सम्बाहक उत्पादन हुने बिश्वास  रहेको धारणा व्यक्त गर्नु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईको सभापतित्वमा भएको कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पालिकाका समाजिक विकास अधिकृत दुुर्गाबहादुर राईले संचालन गर्नु भएको समापन कार्यक्रममा प्रशिक्षक द्व्रय उजुर राई र भिम राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर