जेठ ९, २०८२ बुधबार

ललिता निवास प्रकरणः माधव नेपाल र बाबुराममाथि अनुसन्धान

ललिता निवास प्रकरणः माधव नेपाल र बाबुराममाथि अनुसन्धान गर्न बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।सर्वोच्चको यो आदेशले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई माथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो ।त्यस्तै डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यस्तै मन्त्रिपरिषदको निर्णय प्रमाणित गर्ने तत्कालिन मुख्य सचिवहरु माधवप्रसाद घिमिरे र लीलामणि पौडेल पनि अनुसन्धानको दायरामा पर्ने भएका छन् । घिमिरेको सडक दुर्घटनामा निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर