असोज १५, २०८३ बुधबार

खोलामा डुबेको अवस्थामा मृत फेला ५० वर्षीय राई

खोटाङ, २४ असोज। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ५० वर्षीय (धने ) भनेर चिनिने डिककुमार राई खोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । प्रायः मादक पदार्थ सेवन गरेर हिँड्ने गरेका राई बुधबार घरभन्दा पाँच सय मिटर टाढा रहेको भालु खोलाको दहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।
मंगलबार साँझदेखि घरबाट हिँडेका राईलाई खोलामा ढुंगा फुटाउने कामदारले दहमा मृत फेला पारेका थिए । मृतकको कानमा चोट लागेको अवस्थामा फेला परेको हो । शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घट्नास्थलमा राईले फुकालेर राखेको कपडा, जोर चप्पल र चप्पलमाथि खैनी राखेको फेला परेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर