मंग्सिर १८, २०८२ मंगलबार

साढे चार करोड लगानीमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण

दिक्तेलमा साढे चार करोड लगानीमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, सँस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारी कार्यक्रम अन्तरगत दिक्तेलस्थित रत्नपार्कमा सुविधा सम्पन्न सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा पाँचवटा स्टल तथा एउटा रेष्टुरेन्ट हलसहितको दुईतले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क मङ्गलबार नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सम्झौता मितिभन्दा तीन महिना अगाडि नै सम्पन्न भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क रु चार करोड ३७ लाख ८४ हजार ७५१ लागतमा निर्माण गरिएको हो ।
गत २०७८ वैशाख–२६ गते सम्झौता गरिएको उक्त सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क आगामी २०७९ वैशाख २६ गते वर्ष दिनभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ८० लाख ८४ हजार ७५१ लगानी भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क उमा–लामा–अनशुवी जेभीले निर्माणको जिम्मा लिएको थियो । उद्घाटन कार्यक्रममा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधि सुनिल राईले नगरप्रमुख रिजाललाई सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको चाँबी हस्तान्तरण गर्नुभयो ।
तल्लो तलाको सटरमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज सङ्लन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने “एउटै छानामुनि नुनदेखि सुनसम्म उपलब्ध गराउने उदेश्यका साथ निर्माण गरीएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क “ठेक्का प्रणालीमार्फत भाडामा लगाएर नगरपालिकाका लागि मासिक राजश्व सङ्लन गर्ने दिगो माध्यमका रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख रीजालले बताउनु भयो ।
नगरपालिका र पर्यटन मन्त्रालयबीच पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम गर्ने, पालिकाले खरिद प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता भएपश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रक्रियामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकम मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्बन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतिका आधारमा निकासा गर्नेगरी द्विपक्षीय सम्झौता भएको छ । मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ–२९ गतेको निर्णयानुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणको योजना छनोट भएको हो ।
दिक्तेलमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कका लागि नगरपालिकाको तर्फबाट ठेक्कासमेत आव्हान गरिएको नगरपालिकाका सूचना अधिकारी मोहनप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
“न्यूनतम् मासिक रु दुई लाख ९७ हजार नगरपालिकालाई बुझाउनुपर्नेगरी बढाबढमा ठेक्का आव्हान गरिएको छ”, उहाँले भन्नुभयो, “जसले सबैभन्दा बढी रकम दिनसक्छ उसैसँग सम्झौता गरेर व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजना बनाएका छौँ ।”
माथिल्लो तलाको सटरमा मःम, कफीसप, रेष्टुरेन्ट जस्ता स्टल रहने सपिङ कम्प्लेक्सको पछाडिपट्टीको भागमा केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङ लगायतका संरचनासहितको आकर्षक पार्क निर्माण गरिएको छ । दिक्तेलमा निर्माण गरिएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेनपार्क जिल्लाकै पहिलो हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर