बैसाख ५, २०८२ बिहिबार

खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्झौता

खोटाङको रावा बेसी गाउँलिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि आज सम्झौता भएको छ ।
जन्मजात तथा जन्मपश्चात् हुने अपाङ्गता न्यूनीकरण एवं अपाङ्गता भएका मानिसहरूसहितको समावेशी समाज निर्माण गर्ने लक्ष्य अनुरूप यो कार्यक्रम सञ्चालनका लागि गाउँपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको हो ।

कोशी प्रदेश सरकार, स्थानीय सरकार र फाउण्डेसनको संयुक्त लगानिमा हुने यो कार्यक्रम त्रिपक्षीय सञ्चालन हुनेछ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष फटिक कुमार श्रेष्ठ र फाउण्डेसनको तर्फतबाट व्यवस्थापक सन्तोष धिमिरेले हस्ताक्षर गर्नुभएको छ । रोहबरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी र फाउण्डेसनका वरिष्ठ अधिकृत गिता त्वानावासु, विक्रम बस्नेत र पालिका संयोजक राकेश खड्का रहनुभएको छ ।
कार्यक्रम सम्झौतासँगै कार्यक्रम सम्बन्धि अभिमुखीकरणसमेत गरिएको छ | अभिमुखीकरणमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनिधि उपस्थिति रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशीला घिमिरेले बताउनुभयो । अघिल्लो प्रदेशका केही जिल्लामा यो कार्यक्रम सञ्चालन भइसकेको छ ।
हालसम्म खोटाङका ९ वटा स्थानीय तहमा कार्यक्रम सम्झौता भएको छ । हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु भएको कार्यक्रम सम्झौता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहपोखरी, जन्तेढुंगा, दिप्रुङ चुइचुम्मा, साकेला, केपिलासगढी र रावा बेसी गाउँपालिकामा सम्झौता सकिएको छ ।
यस कार्यक्रम अनुसार अपाङ्गता भएका ब्यक्तिहरुको लागि स्वास्थ्य उपचार र सहायक सामाग्री वितरण, समावेशी शिक्षा, जीविकोपार्जन, सामजिकीकरण, सशक्तीकरण जस्ता क्रियाकलापहरु पालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको संस्थाहरुसँगको समन्वयमा सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।
जीविकोपार्जन, सामजिकीकरण लगायत सुधार गरेर उनिहरुलाई सशक्त बनाइने घिमिरेले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा प्रदान गरिनेछ । जीविकोपार्जन, सामजिकीकरण लगायत सुधार गरेर उनिहरुलाई सशक्त बनाइने घिमिरेले बताउनुभयो ।

‘अपाङ्गता भएका बच्चा जन्मन नदिनकालागि बच्चा इच्छुक दम्पतीलाई फोलि एसिड खान लगाइनेछ । बच्चा जन्मेपछि २९ दिन भित्र स्वास्थ्य परिक्षण गरिनेछ । १० वर्ष मुनीका सबै बालबालिकाको हरेक वर्ष स्वास्थ्य परिक्षण गरेर उनिहरुको अवस्था अनुसार स्वास्थ्य र पोषणमा आवश्यक काम गरिने छ ।’ तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमबाट नगरपालिकाका ३२ प्रतिशत नागरिक लाभान्वित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर