बैसाख ९, २०८२ सोमबार

ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ हुँदै यस्तो छ तयारी  

प्रेस मिट

प्रेस मिट

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका भलिवल प्रतियोगिता बैसाख २६ गतेदेखि

गाउँपालिकाको मुख्य प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कले ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’को आयोजना गरेको हो । गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका प्रथम अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनका लागि गाउँपालिकाले जिल्लाका पत्रकारलाई ऐसेलुखर्क निमन्त्रणा गरेको थियो ।
ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीतामा महिला तथा पुरुषतर्फ प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने खेलकुद विकास समिति ऐसेलुखर्कले जनाएको छ ।
यस्तै, बेष्ट प्लेयरलाई ५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सेमिफाइनलदेखि माथिका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइने खेलकुद विकास समिति ऐसेलुखर्कका अध्यक्ष रजिन राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर