भाद्र ३१, २०८३ मंगलबार

ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ हुँदै यस्तो छ तयारी  

प्रेस मिट

प्रेस मिट

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका भलिवल प्रतियोगिता बैसाख २६ गतेदेखि

गाउँपालिकाको मुख्य प्रायोजनमा खेलकुद विकास समिति ऐसेलुखर्कले ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’को आयोजना गरेको हो । गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका प्रथम अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पत्रकार सम्मेलनका लागि गाउँपालिकाले जिल्लाका पत्रकारलाई ऐसेलुखर्क निमन्त्रणा गरेको थियो ।
ऐसेलुखर्क गाउँपालिकाको खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीतामा महिला तथा पुरुषतर्फ प्रथम, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने टिमलाई छुट्टाछुट्टै क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने खेलकुद विकास समिति ऐसेलुखर्कले जनाएको छ ।
यस्तै, बेष्ट प्लेयरलाई ५ हजार तथा बेष्ट स्पाइकर, बेष्ट सेटर, बेष्ट व्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भर, अनुशासित र बेष्ट कोचलाई जनही ३ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सेमिफाइनलदेखि माथिका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार खेलाइने खेलकुद विकास समिति ऐसेलुखर्कका अध्यक्ष रजिन राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर