श्रावण १२, २०८१ शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

खेलाडी हरु पुरस्कार लिदै

खोटाङ । आईतवार सम्पन्न खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ आमचोक गाउँपालिका भोजपुर र पुरुषतर्फ दमक नगरपालिका झापाले उपाधि चुमेको छ ।

खेलाडी हरु पुरस्कार लिदै

गाउँपालिकाको प्रायोजनमा सञ्चालन गरिएको महिला/पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराँउदै आमचोक तथा षडानन्द नगरपालिका भोजपुरलाई हराउँदै दमकले भलिबल प्रतियोगिताको उपाधि चुमेको हो ।

खेलाडी हरु पुरस्कार लिदै

बेस्ट टप थ्री अन्तरगत आयोजना गरिएको महिलातर्फको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिलालाई आमचोक गाउँपालिका भोजपुरले २७ को विरुद्ध २९ र दोस्रो गेममा २२को विरुद्ध २५ मा हराएको छ । पुरुषतर्फको प्रतियोगितामा षडानन्द नगरपालिका भोजपुरलाई दमक नगरपालिका झापाले २०को विरुद्ध २५ र दोस्रो खेल १९को विरुद्ध २५ मा हराएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष रजिन राईले बताउनुभएको छ ।

रजिन राई रेफ्रीलाई सम्मान गर्नुहुदै

रजिन राई रेफ्री सुधिर कार्की, लाई सम्मान गर्नुहुदै

महिलातर्फको प्रतियोगितामा केपिसगढी गाउँपालिका बाक्सिला दोस्रो, आयोजक ऐसेलुखर्क गाउँपालिका तेस्रो र सोही गाउँपालिकाको वडा नं. ३ ऐसेलुखर्क सान्त्वना भएका छन् । यस्तै, पुरुषतर्फ षडानन्द नगरपालिका भोजपुर दोस्रो, सोताङ गाउँपालिका सोलुखुम्बू तेस्रो र सिद्धीचरण नगरपालिका ओखलढुङ्गा सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला/पुरुष दुवै स्थानीय तहले समानरुपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । विद्यागत पुरस्कारतर्फ महिला/पुरुष दुवै समूहका एक/एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलाडी हरु पुरस्कार हस्तान्तरण गर्नु हुँदै पालिका अध्यक्ष गिरेन्द्र बहादुर राई र  वडा अध्यक्ष एवम प्रवक्ता टेकेन्द्र राजभण्डारी ।

महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ झापाका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ । यस्तै, महिलातर्फ बेस्ट स्पाइकर रोशिका बराईली आमचोक, बेस्ट सेटर शिखा कोयुराई केपिलासगढी, बेस्ट ब्लकर सुनिता खत्री केपिलासगढी, बेस्ट डिफेण्डर अस्मिता राई ऐसेलुखर्क, बेस्ट सर्भर बिनिता राई केपिलासगढी तथा अनुशासित खेलाडी रोमा श्रेष्ठ आमचोक र बेस्ट प्रशिक्षक तारा मगर आमचोकलाई नगद रु तीन/तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

खेलाडी हरु पुरस्कार लिदै

भोजपुर आमचोक गा.पा महिला खेलाडीहरु

पुरुषतर्फ बेस्ट स्पाइकर मनिष गौतम षडानन्द, बेस्ट सेटर राजन लिम्बू ‘मस्कान‘ झापा, बेस्ट ब्लकर कृष्ण रसाईली षडानन्द, बेस्ट डिफेण्डर भुवन केसी झापा, बेस्ट सर्भर कृष्ण तामाङ झापा, अनुशासित खेलाडी सञ्जय बस्नेत सोताङ तथा बेस्ट प्रशिक्षक सुमन रानामगर झापा घोषित भएको आयोजकले जनाएको छ । विजेता समूह तथा खेलाडीलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेश राजभण्डारीले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राई गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला/पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । “भलिबल खेल नेपालको राष्ट्रिय खेल हो । यो खेल सानो ठाउँमा पनि आयोजना गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य छ । यस्ताखाले प्रतियोगिताले खेल पर्यटनकोसमेत विकास गर्छ । प्रथम पटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएका छौँ ।”

खेलाडिलाई सम्मान गर्नु हुँदै अध्यक्ष गिरेन्द्र बहादुर राई उपाध्यक्ष राजेश राजभण्डारी

वैशाख-२६ गतेदेखि शुरु भएको महिला/पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका थिए । पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरी, ऐलुखर्क गाउँपालिका-७ माक्पा र खेलकुद विकास समिति ऐसेलुखर्क-३ ऐलुखर्कको सहभागिता रहेको थियो ।

करिब रु १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

  २०८१ श्रावण ११, शुक्रबार

धान रोपाईको प्रेम कहानी “टारि खेतमा “अर्जुना राईले म्युजिक भिडियो द्वारा सार्वजनिक

  २०८१ असार ३१, सोमबार

प्रदेश स्तरिय महिला फुटबल प्रतियोगीतामा झापा बिजेता बनेको छ

  २०८१ असार २५, मंगलबार

केएफए खेलकुद पत्रकारिता पुरस्कार भट्टराईलाई

  २०८१ जेठ १२, शनिबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

  २०८१ जेठ ६, आइतबार

खोटाङ्का ट्राफिक प्रहरी मृत अवस्थामा फेला

  २०८१ जेठ ५, शनिबार

प्रथम अध्यक्ष कप’ महिला/पुरुषप्रतियोगीताको उपाधी पुरुष तर्फ दमक महिला भोजपुर आमचोक

  २०८१ जेठ १, मंगलबार

सम्बन्धित खबर