पुष २२, २०८२ सोमबार

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक

Oplus_131072

खोटाङका प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरि पक्राउ

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत खोटाङका प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का घिमिरेकोे हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरि फक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिनुभयो ।

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो ।
बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

सम्बन्धित खबर