कार्तिक १३, २०८३ बुधबार

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्किए

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

नेता बिशाल भट्टराईको सहयोगमा खोटाङका फरक क्षमता भएका व्यक्ति पुन काममा फर्काएका छन ।नेकपा एमालेका पोलिट ब्यूरो सदस्य,पार्टिका पुर्व प्रमुख सचेतक तथा झापा जिल्ला ईन्चार्ज   समेत रहेका  बिशाल भट्टराईले खोटाङ काहुलेका गणेश राईलाई प्रधानमन्त्री सचिवालयमा कम्प्युटर अप्रेटरमा पुनः सिफारिस गरि फर्काएको हो । नेता भट्टराईका अनुसार ”

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

खोटाङ काहुलेका गणेश राई जन्मजात अपाङ्ग हुनुहुन्छ अर्थात उहाँका दुबै हातको कुहिनाभन्दा तलको भाग छैन । दिक्तेल क्याम्पस पढ्दै गर्दा उहाँलाई स्व. मिलन राईले केहि काम गर्न र अध्ययन गर्न काठमाडौं ल्याउँनुभयको थियो ,उहालाई ल्याउदा नेता  भैरव राईले निकै ठुलो सहयोग गर्नुभएको थियो।

 

यसैबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो र भैरव राई , स्व. मिलन राई लगायत नेत भट्टराईले गणेशलाई प्रधानमन्त्रीज्युसँग भेट गराएर उहाँको क्षमता बताउदै आधा हातले सरर कम्प्युटर चलाएको देखाएपछि तुरुन्त सचिवालयमा राख्न निर्देशन दिनुभयो र गणेशको रोजगारीको यात्रा प्रारम्भ भयको थियो ।

गणेश राई संग नेता भट्टराई लागायत नेता कार्यकर्ता

प्रधानमन्त्री केपि ओलि संग नेता भट्टराई

केपी ओली प्रधानमन्त्रीबाट हटाईएपछि गणेशलाई पनि कामबाट हटाईयो । दुखले जीविका गर्दै बसिरहेका राई , फेरि केपी ओलीनै दोश्रो कार्यकालको लागि प्रम भएर सिंहदरवार फर्केपछि मात्र गणेशको जागिर जोडियो ।
फेरि केपी ओलीलाई हटाईयो, गणेशलाई पनि हटाईयो। अहिले प्रमको रुपमा सिंहदरवार आएपछि केपी ओलीले दुइ हात नभएको त्यो गणेश कता छ भनेर खोज्नुभएछ, गणेश कतै नदेखेपछि खोटाङे नेतालाई सम्पर्क गर्न भन्नुभएछ ।
सहसचिव बिनोद कुवरले आफैंले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिहदरवार बोलाउनुभयो र प्रमसँग भेट गराएपछि पुन: जागिरको निरन्तरता सुरु भएको छ ।

अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता फरक क्षमता भएका व्यक्तिलाई क्षमता देखाएर जागिर खान राजनितिक स्वार्थ भन्दा माथी उठेर साथ दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर