जेठ १०, २०८२ बिहिबार

खोटाङ काठमाडौ सम्पर्क मञ्च द्वारा हरितालिका तीज’ विशेष  कार्यक्रम तथा महिला भेला

नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर बृहत् तीज विशेष  कार्यक्रम तथा महिला भेला हुने भएको छ ।
नेकपा एमाले निकट खोटाङ काठमाडौ  सम्पर्क मञ्च द्वारा आयोजित कार्यक्रम यही भाद्र १६ गत्ते आईतवार दिनको १ बजे हुने मञ्चका अध्यक्ष दिपक दाहालले बताउनु भयो । कार्यक्रम मञ्चको उपाध्यक्ष प्रसंसा अधिकारीको सभापतित्वमा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष ( माननीय )अष्ट लक्ष्मि शाक्य को प्रमुख आतित्थ्यतामा सम्पन्न हुने छ ।

कृष्ण भोग पार्टी प्यालेस मध्य बानेश्वरमा आयोजित कार्यक्रममा  शुभकामना आदन प्रदान,महिला भेला तथा  सांगीतिक कार्यक्रम रहने अध्यक्ष दाहालले बताउनु भयो ।
पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्।
कार्यक्रममा सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहने जनाईएको छ । तिज विशेष कार्यक्रम हरेक बर्ष आयोजना गर्दै ल्याईएको अध्यक्ष दिपक दाहालले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर