भाद्र २९, २०८३ आइतबार

खोटाङ काठमाडौ सम्पर्क मञ्च द्वारा हरितालिका तीज’ विशेष  कार्यक्रम तथा महिला भेला

नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर बृहत् तीज विशेष  कार्यक्रम तथा महिला भेला हुने भएको छ ।
नेकपा एमाले निकट खोटाङ काठमाडौ  सम्पर्क मञ्च द्वारा आयोजित कार्यक्रम यही भाद्र १६ गत्ते आईतवार दिनको १ बजे हुने मञ्चका अध्यक्ष दिपक दाहालले बताउनु भयो । कार्यक्रम मञ्चको उपाध्यक्ष प्रसंसा अधिकारीको सभापतित्वमा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष ( माननीय )अष्ट लक्ष्मि शाक्य को प्रमुख आतित्थ्यतामा सम्पन्न हुने छ ।

कृष्ण भोग पार्टी प्यालेस मध्य बानेश्वरमा आयोजित कार्यक्रममा  शुभकामना आदन प्रदान,महिला भेला तथा  सांगीतिक कार्यक्रम रहने अध्यक्ष दाहालले बताउनु भयो ।
पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्।
कार्यक्रममा सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहने जनाईएको छ । तिज विशेष कार्यक्रम हरेक बर्ष आयोजना गर्दै ल्याईएको अध्यक्ष दिपक दाहालले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर