माघ १५, २०८२ मंगलबार

बाराहा पोखरिको मौवाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिका–६ मौ वाबोटेमा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ४५ लाख बजेट र उपभोक्ता समितिको १० प्रतिशत श्रमदानबाट निमार्ण गरिएको नवनिर्मित वडा कार्यालयको भवन शुक्रबार एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटनमा पालिका अध्यक्ष सालिकराम बन्जरा

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बञ्जाराले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि नवनिर्मित भवनले महत्वपूर्ण टेवा प¥याउने बताउनुभएको छ । सुविधा सम्पन्न भवन नहुँदा नागरिकलाई सेवा प्रवाह गर्न कठिनाई भएको थियो । अव भवन निमार्णसँगै वडाबाट प्रवाह हुने सेवाहरु नागरिकहरुलाई सहजरुपमा प्रदान गर्न सकिने अध्यक्ष बञ्जाराले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले वडा नम्बर १,२,३,५,मा पक्की नयाँ भवन निमार्ण गरि सञ्चालन ल्याइसकेको र बाँकी रहेको ४ नम्बर वडा कार्यालयको भवन चालू आर्थिक बर्षको बजेट निमार्ण हुने गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताउनुभयो । त्यस्तै ः गाउँपालिकाको प्रशासनीक भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन पछि सहभागीहरु

वडाअध्यक्ष दुर्गाबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुपालराज राई, वडा नम्बर १ का वडाअध्यक्ष ढकबहादुर कार्की,वडा नम्बर ४ का वडाअध्यक्ष शन्तोश आचार्य, वडा नम्बर ५ का वडाअध्यक्ष फौदराज राई र गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर