चैत्र ३०, २०८२ आइतबार

जिल्ला प्रहरी कार्यालय खोटाङको११३ कि.मि. पैदल गस्ती

पुर्वको धार्मिक तथा पर्यटनको चर्चाको रुपमा रहेको मुन्धुम पदमार्ग सुरक्षार्थ ११३ कि.मि. पैदल गस्ती जिल्ला प्रहरी कार्यालय खोटाङले सम्पन्न गरेको छ ।


८१ भदौ १७ गते देखि सुरु भएको पैदल गस्ती भदौ २० गते सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङको ऐसेलुखर्क गाउपालिका – २ , बाकाचौलको देउराली बाट शुरु भई साकेला गाउपालिका – १ बादुङ सम्म ११३ किलोमिटर दुरि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्र.ना.उ. पुरुषोत्तम खड्काको कमाण्डमा प्रहरीको गस्ति टोलीले Long Route Patrol सम्पन्न गरेको हो ।


यस क्रममा प्रहरी टोलीले देउराली, धर्म पिक, घ्याङखर्क, बुर्चो पिक, छेकुवा, कुलुपोङ्खो पास, साल्पा, साल्पा पोखरी, शिलिचोङ पिक हुदै मुन्धुम ट्रेलको बाटो निकास, हाडी पोखरी, लाउरे थाम, लाउरी भिर, बलौटे भञ्ज्याङ, सातदोबाटो, हाँस पोखरी, धोद्रे, दलसिङ्गे, चखेवा भञ्ज्याङ हुँदै बादुङ सम्मको पैदल गस्ती सम्पन्न गरेको थियो । पैदल गस्तीको क्रममा प्रहरी टोलीले सम्बन्धित स्थानका चौरी गोठ, भेडी गोठ, गाई गोठका सञ्चालक, हेरालुहरूसंग सुरक्षाका विविध बिषयमा अन्तर्क्रिया गरेको थियो भने मुन्धुम पदमार्ग भएर आउने आन्तरिक पर्यटकहरूलाई सुरक्षाका विविध पाटाहरूमा जनाकारी गराईएको थियो ।

प्रकृतिको अनुपम र मनमोहक, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपुर्ण यस भूभाग र मुन्धुम पदमार्गका आसपासमा रहने स्थानीयहरूसंगको अन्तरक्रियाबाट आगामि दिनहरूमा समेत यस क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतिहरूलाई ख्याल राख्दै सुरक्षा रणनिति बनाई कार्यान्वयन गरिने डियस्पी खड्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर