बैसाख ५, २०८२ बिहिबार

जिल्ला प्रहरी कार्यालय खोटाङको११३ कि.मि. पैदल गस्ती

पुर्वको धार्मिक तथा पर्यटनको चर्चाको रुपमा रहेको मुन्धुम पदमार्ग सुरक्षार्थ ११३ कि.मि. पैदल गस्ती जिल्ला प्रहरी कार्यालय खोटाङले सम्पन्न गरेको छ ।


८१ भदौ १७ गते देखि सुरु भएको पैदल गस्ती भदौ २० गते सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
खोटाङको ऐसेलुखर्क गाउपालिका – २ , बाकाचौलको देउराली बाट शुरु भई साकेला गाउपालिका – १ बादुङ सम्म ११३ किलोमिटर दुरि जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्र.ना.उ. पुरुषोत्तम खड्काको कमाण्डमा प्रहरीको गस्ति टोलीले Long Route Patrol सम्पन्न गरेको हो ।


यस क्रममा प्रहरी टोलीले देउराली, धर्म पिक, घ्याङखर्क, बुर्चो पिक, छेकुवा, कुलुपोङ्खो पास, साल्पा, साल्पा पोखरी, शिलिचोङ पिक हुदै मुन्धुम ट्रेलको बाटो निकास, हाडी पोखरी, लाउरे थाम, लाउरी भिर, बलौटे भञ्ज्याङ, सातदोबाटो, हाँस पोखरी, धोद्रे, दलसिङ्गे, चखेवा भञ्ज्याङ हुँदै बादुङ सम्मको पैदल गस्ती सम्पन्न गरेको थियो । पैदल गस्तीको क्रममा प्रहरी टोलीले सम्बन्धित स्थानका चौरी गोठ, भेडी गोठ, गाई गोठका सञ्चालक, हेरालुहरूसंग सुरक्षाका विविध बिषयमा अन्तर्क्रिया गरेको थियो भने मुन्धुम पदमार्ग भएर आउने आन्तरिक पर्यटकहरूलाई सुरक्षाका विविध पाटाहरूमा जनाकारी गराईएको थियो ।

प्रकृतिको अनुपम र मनमोहक, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपुर्ण यस भूभाग र मुन्धुम पदमार्गका आसपासमा रहने स्थानीयहरूसंगको अन्तरक्रियाबाट आगामि दिनहरूमा समेत यस क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतिहरूलाई ख्याल राख्दै सुरक्षा रणनिति बनाई कार्यान्वयन गरिने डियस्पी खड्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर