बैसाख ७, २०८२ शनिबार

नेता बिनोद राई ‘संसार’ले वितरण गरे २८० विद्यार्थीलाई झोला

Oplus_0

खोटाङ, ६ असोज । खोटाङका युवा नेता बिनोद राई ‘संसार’ले २८० विद्यार्थीलाई झोला वितरण गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय सामाजिक सेवा विभाग प्रमुख एवं एमाले खोटाङका जिल्ला कमिटि सदस्य राईले दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्रका तीन विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेका हुन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित जनसेवा मावि दिहुँका १३० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित शान्ति माबिका १२० जना र टेम्माकै शिक्षा आदर्श प्रावि डाँडाखर्कका ३० जना विद्यार्थीलाई झोला वितरण गरेका हुन् । सामाजिक काम अन्तरगत राईले असोज ४ गते व्यक्तीगत खर्चमा बाल शिक्षादेखि कक्षा १० मा अध्ययनरत छात्र÷छात्रालाई झोला वितरण गरेका हुन् ।

युबा नेता बिनोद राई सन्सार 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका राईले गत जेठमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभुत विद्यालय, खमारेमा कक्षा १ देखि कक्षा ८ मा अध्ययनरत ६५ छात्र÷छात्रालाई झोला वितरण गरेका थिए । झोला अभावमा हातमा किताव कापी बोकेर हिँड्न वाध्य विद्यार्थीलाई लक्षित गर्दै झोला प्रदान गरिएको राईले बताए । ‘सानोमा दुई घण्टा हिँडेर स्कुल धाउन पथ्र्यो । हातमा किताव बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताव खसेर भिजेको थियो,’ राईले भने, ‘किताव कापी, डटपेन हराउने समस्या बेहोरेका थियौं । त्यही आफ्नै विगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरिएको हो ।’
२०८४ सम्ममा गाउँपालिकाभरीका सबै माबिका छात्र÷छात्रालाई झोला वितरण गर्ने राईको योजना छ । विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउनका लागि पनि झोला वितरण अभियान सुरु गरिएको राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर