माघ १, २०८२ मंगलबार

पुनर्निर्माणमा पहल लिन र दबाब दिनको लागि सर्वदलिय सर्ब पक्षिय बैठक सम्पन्न

पुनर्निर्माणमा पहल लिन र दबाब दिनको लागि सर्वदलिय सर्ब पक्षिय बैठक सम्पन्न
असोज ९-१२ परेको भिषण बर्षाको कारण आएको बाढी पहिरो बाट जिल्लामा भएको क्षतिको पुनर्निर्माण मा सार्थक पहल गर्नको लागि प्रतिनिधी सभा सदस्य खोटाङका सांसद राम कुमार राईको पहलमा काठमाडौमा सर्बदलिय सर्ब पक्षिय भेला सम्पन्न भएको छ ।
बैठकमा एमाले जसपा रास्वपा राप्रपा लगायत दल का प्रयिनिधीहरु,संविधान सभा सदस्य अर्जुन राई, उषाकला राई, एमाले केन्दृय सदस्य खगेन्द्र राई, रमेश पौडेल, जसपा नेता रमेश राई,रास्वपा नेता रबिन्द्र ओझा,नेकपा खोटाङका इन्चात्ज सन्जिप सी,बौद्धिक ब्यक्तित्व डा बिष्णु राई, प्राज्ञ डा. धन प्रसाद सुबेदि, खोटाङ्ग कलाकार समाजका अध्यक्ष रुप कुमार राई,एमाले कोशी प्रदेश समिती सदस्य राजन ढकाल, माओबादी केन्द्र खोटाङ काठमान्डौ सम्पर्क समन्वय समितिका नेता पर्शुराम राई लगायत उपस्थित थिए ।


बैठकले माननीय राम कुमार राईको संयोजकत्वमा प्रतिनिधि सभा सफस्य माननीय सरस्वती बजिमय, प्रदेश मन्त्री माननिय भुपेन्द्र राई, पिके राई लगायत संविधान सभा सदस्यहरु,पुर्व सांसदहरु, पुर्ब प्रदेश सभा सदस्य तथा मन्त्रीहरू, खोटाङ्गमा कृयाशिल राजनैतिक दलका प्रतिनिधिहरु, बौद्धिक व्यक्तित्वहरु, खोटाङ उध्योग बाणिज्य संघ, काठमाडौ मा कृयाशिल खोटाङका संस्थाहरु,पुर्व प्रशासकहरु सम्मिलित एक समिती बनाउने निर्णय गरेको छ ।त्यस्तै गरि बैठकले खोटाङ्गको पुनर्निर्माण तथा दिगो बिकाशको सवालमा प्रधानमन्त्री, बिभागिय मन्त्रालय प्रमुख प्रतिपक्षी दलका साथै सबै राजनैतिक दलका प्रमुखहरुलाई समेत पुनर्निमाण तथा खोटाङ्गको दिगो बिकाशका लागि भेटेर ध्यानाकर्षण पत्र बुझाउने समेत निर्णय गरेको छ ।
बैठकमा बोल्दै एमाले नेत्री तथा पुर्व मन्त्री उषाकला राइले यो संस्थागत पहलको लागि प्रतिनिधि सभा सदस्य राम कुमार राईलाई धन्यवाद दिनु भएको छ । सोहि छलफलमा बोल्दै बौद्धिक ब्यक्तित्व डा. बिष्णु राईले फेरि खोटाङ्गको लागि सामुहिक पहल र प्रयत्न सुरु भएकोमा खुशी ब्यक्त गर्दै यसलाई निरन्तरता र प्रभाबकारि बनाउनु पर्नेमा जोड दिनु भयो।


बैठकमा बोल्दै राम कुमार राई पासाङ्गले आफू ८ गते देखि २१ गते सम्म जिल्लामा रहेको र त्यहाँ उद्धार तथा पुनर्निर्माण मा जुट्नु परेको साथै बाटो अबरोध भएको कारण यो छलफल राख्न ढिलो भएको बताए । फेरि पनि समग्र खोटाङ्गको बिकाश र समृद्धि को सवालमा दल, क्षेत्र भन्दा माथि उठेर सबैलाई समन्वय सहकार्य गरेर लैजाने, एक्लो प्रयासले भन्दा सामुहिक प्रयत्नबाट मात्र जिल्लाको समस्या समाधानमा सहज हुने भएकोले सबैलाई यसमा लाग्न आग्रह गर्दै आफु त्यो मार्गबाट बिचलित नहुने कुरामा प्रतिबद्धता जनाए ।
भ्रामक प्रचार स्टण्टबाजि भन्दा पनि सामुहिक प्रयत्नमा लागिएको र यसै सामुहिक प्रयत्नबाट नै खोटाङ्गको पुनर्निर्माण र दिगो बिकाश हुनेमा आफू बिश्वस्त रहेको भन्दै पासाङ्गले सबैलाई एकता बद्ध भएर पुनर्निर्माण र बिकाशमा लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर