फोक्सिङ्टारमा उच्चस्तरीय अनुगमन टोलि पुगि अनुगमन गरेको छ ।
गत ११,१२ गत्ते देशभर अविरल वर्षाकाे कारण बगाएको खोटाङ र उदयपुर जोड्ने मोटरेबल पुल भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उच्चस्तरीय टिम फोक्सिङटारको पुलको अवस्था अध्ययन गरेर फर्केको छ । सबैभन्दा छिटो र भरपर्दो पुल निर्माणका बिकल्प बारे स्थलगत अध्ययन गर्न आएको यो टिमले राजधानी फर्केर गहन छलफल पस्चात उपयुक्त बिकल्ल्प दिने बताएको छ ।
पुल महाशाखा प्रमुख ललिजन खनाल, पुल बिज्ञ डा. बिजय जैशी, पुलचोक इन्जिनियरिङ क्याम्पसका बिज्ञ डा. राजन सुवाल र डा. भरत मण्डल सहितको टिमसङ हामीले फिल्डमै पनि सानो छलफल गरेर छिटो र भरपर्दो पुल निर्माणमा संविधान सभा सदस्य तथा नेकपा एमाले पोल्युटब्युरो सदस्य बिशाल भट्टराईले सुझाबमा जोड दिएको बताउनु भयो । स्थलगत अनुगमन मा नेता भट्टराई संगै दिप्रुङ चुईचुम्मा गाउपालिकाका अध्यक्ष लोकेन्द्र राई प्रहरिप्रतिनिधी ट्राफिक प्रतिनिधि स्थानिय सरोकारवाला हरुको उपस्थिति रहेको थियो ।खोटाङ र उदयपुर जिल्ला सर्वदलीय – सर्वपक्षीय पहलकदमी लिदैं लाग्न आवश्यक देखिन्छ ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop