{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}
नेकपा ऐमाले जन्तेढुंङा गाउँपालिका कमिटी खोटाङले ऐमालेका प्रभाबसाली नेता तथा जन्तेढुंङा गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय शंखर राईको स्मृतिमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी कार्तिक ५ गतेदेखि ७ गतेसम्म जन्तेढुंङा गाउपालिका स्थित चिसापानी नमुना माबिको मैदानमा संचालन हुने प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४० हजार ४ सय ४४ दोस्रो हुनेलाई नगद २५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई नगद १५ हजार ५ सय ५५ सहित सबै टिमलाई मेडलका साथमा प्रमाणपत्र प्रदान गरिने नेकपा ऐमाले जिल्ला कमिटी खोटाङका सदस्य जगत किरातीले जानकारी दिनु भएको छ । राईको पालिकाको काम संगै आफ्नो काममा जानेक्रममा सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop