प्रेम श्रेष्ठ / खोटाङको रावा बेसी गाउँपालिका वडा नं. ५ दुवेकोलले वडाको आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट वडा भित्रका विभिन्ज विद्यामा उत्कृष्टहरुलाई सम्मान, विपन्नलाई सहयोग र विद्यार्थीहरुलाई पुरस्कृत गर्ते कार्यक्रम सम्पन्न भएको छ ।
आज वडा अध्यक्ष मन कुमार गुरुङको सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सम्मान्न कार्यक्रम अन्तर्गत वडामा सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविका रुपमा कार्यरत ११ जना सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई स्वयम् सेविकाहरुले गरेको कामको उच्च कदर गर्दै इलेक्टिक जग, दोसल्लाको साथमा सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट स्वास्थ्यकर्मी सम्मान कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी दुवकोलका प्रमुख तेजेन्द्र प्रकाश रेग्मी, उत्कृष्ट टेलरमा टेक बहादुर दर्जी, उत्कृष्ट डकर्मीमा पूर्ण बहादुर नेपाली, उत्कृष्ट तरकारी उत्पादकमा काशीनाथ निरौला, उत्कृष्ट विद्यालय अभिभावकमा श्री गंगोदय मा.वि. बाट देवी कुमारी दाहाल, श्री कालिका आ.वि. बाट चनमती थापा मगर र श्री खेती आ.वि. बाट शर्मिला बास्तोला विभिन्न साम्रगीको साथमा दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा वडाको सबैभन्दा ज्येष्ठ युगल जोडी पदम बहादुर भुजेल र चिनिमाया भुजेल्ल विभिन्न सामग्रीको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम वडा भित्र सञ्चालन रहेको दुई वटा संकलन केन्द्रका प्रोपाइटर तेज बहादुर राई र विक्रम घिमिरेलाई एक÷एक थान सामान तौलने विद्युतिय डिजिटल मेसिन प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा भित्र सञ्चालित तिन वटै विद्यालयका २०८१ सालको दोस्रो त्रैमासिक परीक्षा सामेल भई कक्षा प्रथम, द्वितीय र तृतीय हुने ६९ जना विद्यार्थीहरु र २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
श्री गंगोदय मा.वि. बाट २०८० सालको एस.इ.इ.का सामेल भई कक्षा १० उर्तिण गर्नु हुने विपन्न तथा जेहेन्दार छात्र भद्र बहादुर खड्कालाई नगद रु. पन्ध्र हजार प्रदान गरी पुरस्कृत गरिएको छ ।
विपन्नलाई सहयोग कार्यक्रम अन्तर्गत वडा भित्रका विपन्न वर्गका दुई गोरमान भुजेल र हर्क बहादुर बि.क.लाई पाठासहितको बाख्रा प्रदान गरिएको छ । सोही कार्यक्रमको अवसरमा डुम्रेधारापानी प्रहरी चौकीलाई वडा कार्यालयले एक सेट ग्यास र चुल्हो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा रावा बेसी गाउँपालिका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, रावा बेसी गाउँपालिका पूर्व अध्यक्ष लिलानाथ निरौला, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. ६ हौंचुरका वडा अध्यक्ष चिरञ्जीवी कार्की, वडा नं. ५ का पूर्व वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, रावा बेसी गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्र.अ., शिक्षकहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop