नेकपा (एमाले) बराहापोखरी काठमाडौ सम्पर्क मञ्चको जरा अभियान तथा अभिमुखिकरण कार्यक्रम बराहापोखरी काठमाडौ सम्पर्क मञ्चको पाँचौ नियमित बैठकमा तीन महिने जरा अभियान तथा अभिमुखिकरण कार्यक्रमको कार्ययोजना बनाई शुरुवात गरेको छ ।
पालिका कमिटीलाई सकृय बनाउने,सदस्यता बिस्तार तथा नवीकरण र बितरण गर्ने ,पालिकाले आफ्नै बैक खाता खोली बैकिङ प्रणालीद्रारा खर्च गर्ने ,०८२ सालको क्यालेन्डर प्रकाशन र लोकार्पण गर्ने, महिनाको हरेक तेस्रो सनिवार नियमित बैठक बस्ने ,प्रत्येक दुई महिनाको दोश्रो सनिवार सल्लाहकार, पदाधिकारी र बिभागको बैठक बस्ने योजना बनाएको छ ।
खोटाङ काठमाडौ सम्पर्क मञ्चको बृहत् बनभोज कार्यक्रम गोकर्णेस्वर नगरपालिका स्थित सहिद पार्कमा फागुन २४ गत्ते शनिबार हुने खोटाङ काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दिपक दाहालले जानकारी दिए ।
सो बृहत बनभोज कार्यक्रमलाई सफल बनाउन आज बसेको छलफलले टिकट कटाउने ,उपस्थिति व्यापक बनाउन कमिटी सकृयता साथ लागि पर्ने , मञ्चको बिपत ब्यबस्थापन कोष लाई सहयोग गर्ने लगाएतका प्रस्तावहरु बहुमतले पारित गरेको कोशी प्रदेस सम्पर्क कमिटी सदस्य ,खोटाङ काठमाडौ सम्पर्क मञ्च सह ईन्चार्ज ,१ नगर ४ पालिकाका जरा अभियान संयोजक नबराज रोकाले जानकारी दिए ।
बैठक को अध्यक्षता पालिका सम्पर्क मञ्चको अध्यक्ष निन्दिना राईले गरेकि थिईन भने कार्यकमको प्रमुख आतिथ्यता नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रमेश पौडेल को आथित्यतामा भएको कार्यक्रमको विशेष अतिथी नेकपा(एमाले ) सम्पर्क समन्वय कमिटी सह संयोजक थानेश्वर बस्याल थिए । अतिथिहरुमा कोशी प्रदेश सदस्य तथा खोटाङ् जिल्ला बराहापोखरी ईन्चार्ज कमल बुढाथोकी ,कोशी प्रदेस सल्लाहकार देबि रेग्मी , कोशी सम्पर्क कमिटी सचिवालय सदस्य मातृका प्रसाद भट्टराई ,सदस्य नबराज रोका ,सामाजिक बिभाग सदस्य श्याम तामाङ ,पालिका ईन्चार्ज तारानाथ श्रेष्ठ मञ्च उपाध्यक्ष प्रसम्सा अधिकारी,उप सचिब भवानी शकर लुईटेल,राष्ट्रिय युबा संघ ,अन्तर जिल्ला खोटाङ्को अध्यक्ष ईन्द्र लिमेलि मगर ,अनेरास्ववियु खोटाङ का सचिवालय सदस्य दिपक खतिवडा लगायत बिभिन्न पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पालिका अध्यक्ष निन्दिना राईले बताईन ।
कार्यक्रम राष्ट्रिय गान गाएर ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौनधारण गरि सुरु गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथी विशेष अतिथी र अथितिहरुले निर्देशानात्मक भनाई राख्दै कार्यकर्तालाई मिसन ०८४ मा नेकपा (एमालेको) एक्लौटी बहुमत ल्याउनेगरी संगठन बिस्तार गर्न सक्रीय भुमिका निर्वाह गर्न निर्देशन दिए ।
५ घन्टा चलेको बठैकले महत्वपूर्ण निर्णय गर्दै जरा अभियान तथा अभिमुखिकरण अभियानमा बराहपोखरी काठमाडौ सम्पर्क मञ्च होमिएको निन्दिना राईले मदानी खबरलाई बताईन ।साथै बराहापोखरी काठमाडौ सम्पर्क मञ्चको जस्तै अन्य पालिका /नगर र प्रादेसिक सम्पर्क मञ्च को पनि यसैगरी बैठक बसेर कार्ययोजना पास गरि अभियानलाई तिब्र गतिमा ठोस नतिजा ल्याउने गरि अगाडि बढाईने संयोजक रोकाको भनाई रहेको छ ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop