चैत्र २९, २०८२ शनिबार

पत्रकार महासंघ खोटाङ द्वारा पाँच दिने आधारभूत पत्रकारिता तालिम

 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु गराएको छ। घरेलु तथा सानो उद्योग खोटाङको आर्थिक सहयोगमा शुक्रबारदेखि दिक्तेलस्थित समिक्षालय हलमा तालिम सुरु गराएको हो।

 

तालिममा २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको महासंघका सचिव राजकुमार भट्टराईले बताए। तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दमन राई, प्रशिक्षकहरुमा कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, भिम राई, उत्तम चौलागाँई रहेका छन्।

तालिमको उदघाटन सत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हिराधन राईले सूचनाको हक सम्बन्धि र प्रमुख प्रशिक्षक राईले पत्रकारिताको परिचयका विषयमा सहजीकरण गरेका थिए।
पत्रकारिता र समाजशास्त्रको विषयमा उप-प्राध्यापक ध्रुव श्रेष्ठ र पत्रकारितामा कानूनी विषयमा अधिवक्ता ओमप्रकाश घिमिरेले सहजीकरण गर्ने कार्यक्रमको सेडुल रहेको छ।

तालिमको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले निकटतम हुन लागिरहेको प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्बन्धि समाचार वाचन गरेर उदघाटन गरेका थिए। जिल्लाको पत्रकारितामा जनशक्ति थप गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष हरिबोल आचार्यले मदानी खबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर