असार ७, २०८२ शुक्रबार

सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना

खोटाङमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा मंगलबार बिहान दिक्तेलतर्फ आउदै गरेको सुमो र विपरीत दिशाबाट जादै गरेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बा ९३ प १९१३ नम्बरको मोटरसाइकल चालक पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी गम्भीर घाइते भएका छन्।

 

सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना

घाइते दुईजनालाई उपचारका लागि दिक्तेल पठाईएको घटनास्थलमा रहेका पत्रकार मनोज आचार्यले जानकारी दिए। उनीहरु पाथेकाबाट अखौलेको बिजुलेमा जन्ती हिडेका हुन्।

दुर्घटनामा परेको ना १ ज ६२१९ नम्बरको सुमोको अघिल्लो भागमा क्षति भएको छ। सुमोमा चालकसहित ४ जना सवार थिए। उनीहरुलाई केही नभएको जनाईएको छ।

मोटरसाइकल गलत दिशामा गएकाले दुर्घटना भएको प्रारमभिक अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर