जरा अभियान कार्यक्रम
नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक, तीन महिने जरा अभियान तथा अभिमुखिकरण कार्यक्र्मको कार्ययोजना बनाई भब्यरुपमा शुभारम्भ गरेको छ ।
पालिका कमिटीलाई सक्रीय बनाउने,सदस्यता बिस्तार तथा नवीकरण र बितरण गर्ने ,पालिकाले आफ्नै बैक खाता खोली बैकिङ प्रणालीद्रारा खर्च गर्ने ,०८२ सालको क्यालेन्डर प्रकाशन र लोकार्पण गर्ने योजाना तयारी गरेको छ ।त्यसै गरि महिनाको हरेक तेश्रो सनिवार नियमित बैठक बस्ने ,प्रत्येक दुई महिनाको तेश्रो सनिवार सल्लाहकार, पदाधिकारी र बिभागको बैठक बस्ने योजना बनाएको छ ।जरा अभियान अन्तरगत सदस्यता बिस्तार तथा नवीकरण , खोटाङ काठमाडौ सम्पर्क मञ्चको बृहत् बनभोज कार्यक्रम भब्य सब्य र सफल र उल्लेखनिय उपस्थिति रहेको समिक्षा गरेको छ् । साथैबमञ्चको बिपत ब्यबस्थापन कोष लाई सहयोग गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ । साथै तीन जना सदस्य कमिटीमा मनोनयन र तीन जना सल्लाहकार चयन गरि जिम्मेवार प्रदान गरिएको थियो ।
बैठक को अध्यक्षता खोटेहाङ काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष तथा युबा नेता राजन भट्टराईले गरेका थिए भने कार्यकमको प्रमुख आतिथ्यता नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य तथा खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अतिथी जिल्ला कमिटी उप सचिब राजन बन्जरा जिल्ला कमिटी सदस्य प्रतिमा बिश्ट पौडेल ,कोशी प्रदेस सम्पर्क कमिटी सदस्य, मञ्च सह ईन्चार्ज तथा जरा अभियान तथा अभिमुखिकरण कार्यक्रम खोटेहाङ काठमाडौ सम्पर्क मञ्च संयोजक नबराज रोका मञ्च अध्यक्ष दिपक प्रसाद दाहाल , पुर्ब जिल्ला कमिटी सदस्य सन्तोश राई पुर्ब मञ्च उपाध्यक्ष रमेश ढकाल ,उप सचिब भवानी शकर लुईटेल,सचिवालय सदस्य राजकुमार कार्की बौद्धिक ब्याक्तित्व सन्तोश बुढाथोकी सुर्य बस्नेत मञ्च कोषाध्यक्ष सन्तोश राई सदस्य दिलिप राई लगाएतका अधिहरुको उपस्थिति रहेको सो कार्यक्रम सब्य भब्य र सफल्तापुर्बक सम्पन्न भएको थियो ।
जरा अभियान कार्यक्रम
कार्यक्रममा प्रमुख अतिथी विशेष अतिथी र अथितिहरुले निर्देशात्मक भनाई राख्दै कार्यकर्तालाई मिसन ०८४ मा नेकपा (एमालेको) एक्लौटी बहुमत ल्याउनेगरी संगठन बिस्तार गर्न सकृय भुमिका निर्बाह गर्न निर्देशन दिएका थियो ।जरा अभियान सब्य भब्य र ठोस प्रगति प्राप्त गर्ने गरि अगाडि बढाउन सल्लाह सुझाब दिएका थियो ।
जरा अभियान कार्यक्रम
झन्डै ३ घन्टा चलेको बठैकले महत्वपूर्ण निर्णय गर्दै जरा अभियान तथा अभिमुखिकरण अभियानमा खोटेहाङ काठमाडौ सम्पर्क मञ्च हुमिएको छ। उक्त कार्यक्रम कम्रेड सुमन फुयालले सन्चालन गरेका थिए ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop