असोज १०, २०८३ शुक्रबार

रावाबेसी गाउँपालिका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले निःशुल्क पोशाक पाए

प्रेम श्रेष्ठ ,खोटाङको रावाबेसी गाउँपालिका  –५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले निःशुल्क पोशाक पाएका छन् । वडाभित्रका ७५ वर्ष माथिका वृद्धवृद्धालाई ऊनको स्विटर र  टोपी त्यसैगरी विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो ।
वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रकम  रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडा सचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वीटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती आधाभुत विद्यालय ठुलोबर र दुबेकोलका बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो ।
हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र विशेष अतिथि दुवेकोलका वडाध्यक्ष गणेश बहादुर थापा मगर रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर