मंग्सिर २१, २०८० बिहिबार

रावाबेसी गाउँपालिका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले निःशुल्क पोशाक पाए

प्रेम श्रेष्ठ ,खोटाङको रावाबेसी गाउँपालिका  –५, दुवेकोलका वृद्धवृद्धाले न्यानो कपडा र विद्यार्थीले निःशुल्क पोशाक पाएका छन् । वडाभित्रका ७५ वर्ष माथिका वृद्धवृद्धालाई ऊनको स्विटर र  टोपी त्यसैगरी विद्यार्थीलाई विद्यालय पोशाक वडाले निःशुल्क प्रदान गरेको हो ।
वडाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रकम  रु. ३ लाख बजेटबाट पोशाक वितरण गरिएको वडा सचिव शेरबहादुर दाहालले जानकारी दिनुभयो । ७५ वर्षमाथिका ६२ जना वृद्धवृद्धाले ऊनको न्यानो स्वीटर र टोपी पाएका छन् । यस्तै वडामा रहेका तीन वटा विद्यालय गंगोदय माध्यामिक, कालिका आधारभूत, खेती आधाभुत विद्यालय ठुलोबर र दुबेकोलका बालविकास केन्द्रका गरी जम्मा ४०० जना विद्यार्थीले विद्यालय पोशाक पाएका छन् । विद्यालय पोशाकमा छात्रलाई शर्ट पाइन्ट र छात्रालाई शर्ट फ्रक वितरण गरिएको सचिव दाहालले बताउनुभयो ।
हिजो र आज दुई दिन सम्पन्न वितरण कार्यक्रमको प्रमुख अतिथि रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र विशेष अतिथि दुवेकोलका वडाध्यक्ष गणेश बहादुर थापा मगर रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर