खोटाङ हलेसी काठमाडौ सेवा समाज
खोटाङ हलेसी सेवा समाज काठमाडौको आठाै साधारण सभा काठमाडौ पेप्सिकोला खहरे चोक स्थित सान पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष ईन्दा थापाको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रमको उद्घाटन कोशी प्रदेश भाैतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
खोटाङ हलेसी काठमाडौ सेवा समाज
मन्त्री राईले संस्थाले खोटाङ सेवा र सामाजिक सेवामा योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि समाजले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री राईले सस्थामा राजनीति कसैले गर्न नहुने जिकिर गर्दै स्वच्छ मन र निस्वार्थ भावनाले खोटाङलाई उठाउन लागि पर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ईन्दा थापाले अध्यक्षीय प्रतिवेदन आफ्नो कार्यकालमा गरिएको काम, प्रगती विवरणहरु प्रस्तुत गर्नु भएको थियो । सस्थाले २ बर्षे कार्यकालमा २३ वटा नियमित बैठक बसेको छ, खोटाङका अकल्पनीय ज्यान गुमाएकाहरुका चिर शान्तिको लागि पशुपतिमा सध्याकालिन आरती सम्पन्न, रक्तदान र देउसी भैलो कार्यक्रम ,खोटाङका निधन भएकाहरुको ११ ठाउँमा उपस्तिथिती र समबेदना पत्र सहित सहानुभूति प्रकट , नया बर्ष र दशै तिहारको अवसरमा शुभकामना आदन प्रदान , बनभोज कार्यक्रम , पशुपतिमा पार्थिव शरीर ( लास) जलाउन केही रकम हस्तान्तरण , भित्ते पात्रो बितरण , वीर अस्पतालमा उपचाररत खोटाङेलाई आर्थिक सहयोग , हालसम्म २१० जना साधारण सद्स्य आवद्ध गराईएको र संस्थाको आगामी योजना र गतिविधिहरूलाई प्रभावकारी बनाउन १० वटा कार्ययोजनालाई प्रस्तुत गर्नु भएको थियो । जसमा अक्षय कोष स्थापना ,शैक्षिक सहयोग तथा छात्रवृत्ति कार्यक्रम,निशुल्क स्वास्थ्य सेवा कार्यक्रम ,आपतकालीन राहत तथा उद्दार सहयोग कार्यक्रम , युवा र महिला सशक्तीकरण ,सामुदायिक विकास सहयोग ,सस्कृती भासा र सम्पदाको संरक्षण,प्रवासी सदस्य संजाल विस्तार ,सूचना प्रवाह तथा सन्जाल विस्तार , बार्षिक भेटघाट कार्यक्रम ।
प्रस्तुत खोटाङमा जन्मिएर काठमाडौ लाई कार्यथलो बनाउने सबैलाई समाजमा एकजुट भई योगदान पुर्याउन आह्वान गर्नुभयो। उहाँले काठमाडौमा स्थापित सबै संस्थालाई खोटाङकै सम्पत्ति मान्दै तिनको संरक्षण र प्रोत्साहनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
खोटाङ हलेसी काठमाडौ सेवा समाज अध्यक्ष
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। समितिमा अध्यक्ष – ईन्दा थापा ,पहिलो उपाध्यक्ष,अर्जुन गैरापिल ,द्वितिय उपाध्यक्ष पर्शुराम कटुवाल,तृतीय उपाध्यक्ष राम्जी कटुवाल , महासचिव सुरेन्द्र कटुवाल,सचीव कुमारबाबु बस्नेत ( टि.बि) कोषाध्यक्ष सुब्बा कटुवाल , सह कोषाध्यक्ष प्रेम केसि , सदस्यहरु , काजी खड्का, प्रकाश राजभण्डारी , लक्ष्मि प्रसाद गिरि ,सीता कार्की ,अन्जना थापा, दिपक पाैडेल,पदम बन्जरा गरि १५ सदस्यीय नया कार्यसमिति चयन भएको नव निर्वाचित सचिव तथा प्रचार बिभाग प्रमुख कुमारबाबु बस्नेत (टि.बि)ले जानकारी दिनु भयो ।
खोटाङ हलेसी काठमाडौ सेवा समाज नया कार्य समिती सेवा समाजले बार्शिक रुपमा खोटाङमा जन्म भई सामाजिक सेवा र बिशिस्ट स्थान पुगेका ब्यक्तिहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गर्दै आएको छ । जसमा खोटाङ जिल्ला जन्म थलो भई उपलब्ध २३ जना चिकित्सक लाई सम्मान गरेको छ । सम्मानित हुनेमा १३ जना विशेषज्ञ १० जना एम बिबिएस डाक्टरहरुलाई सम्मान पत्र , दोसल्ला खादा लाई सम्मान गरेको छ ।
खोटाङ हलेसी काठमाडौ सेवा समाज द्वारा सम्मानित
यश पटक स्वास्थ्य क्षेत्रका सम्मानित हुने भएकोले मन्त्री राईलाई महत्वका साथ प्रमुख अतिथीको रुपमा बोलाईएको सचिव बस्नेतले मदानी खबरलाई जानकारी दिनु भयो ।
कार्यक्रममा विशिस्ट अतिथी स्त्रीरोग विशेषज्ञ तथा ओम अस्पतालका संरक्षक डाक्टर भोला रिजाल , अतिथि हरु संविधान सभा सदस्य हिरा कुमारी गुरुङ , नेकपा एमालेका केन्द्रिय सदस्य रमेश पाैडेल,रास्ट्रीय बाल अधिकार परिषद नेपालका उपाध्यक्ष बम बानिया, ओम अस्पतालका व्यावस्थापक तथा समाजसेवी टङ्क श्रेष्ठ ,बहालवाला जिल्ला न्यायाधीश लक्ष्मि भट्टराई ,बरिस्ठ अधिवक्ता देवराज कटुवाल , डाक्टर कृस्ण कुमार राई (के के ) जसप नेता तथा समाज सेवि राकेश राई रहनु भएको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले संस्थाले सामाजिक सद्भाव र सहकार्य खोटाङको सेवा र खोटाङेको मर्मलाई अघि बढाएको उल्लेख गर्दै यस्ता गतिविधिले समाज र खोटाङको विकासलाई थप गति दिने विश्वास व्यक्त गरेका थिए।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop