चैत्र ३०, २०८२ आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!

स्वरूप राज आचार्यको आवाजमा सजिएको ऋजन मायालुकाे नयाँ गीत “बिर्सिएछाै मायालु”सार्वजनिक भएको छ।

संजय सुमनको संगीत संयोजनमा तयार भएको यो गीतले प्रेमका भावनालाई शब्द, धुन र दृश्यमार्फत प्रस्तुत गरेको छ।

गीतमा जीवनका आरोह–अवरोहलाई शब्दमा उतारिएको छ भने पूर्वेली बतासका साउतीहरूलाई धुनमा मिसाइएको छ। मुटुका स्पन्दनबाट उठेका सुरहरूले गीतलाई अझ प्रभावशाली बनाएका छन्। ईलामे तिनपाते चियाको मिठास जस्तै, यो गीतले पनि दर्शक–श्रोतालाई गहिरो स्वाद दिन्छ।

गीतमा स्वर: स्वरूप राज आचार्यकाे रहेकाे छ भने संगीत: संजय सुमन, संगीत संयोजन (एरेन्जर): रिदम कँडेलले गर्नुभएकाे छ। याे गितकाे रेकर्डिङ स्टुडियो: A One Musicianमा भएकाे हाे।गितकाे रेकर्डिस्ट राजेश श्रेष्ठ,मिक्सिङ/मास्टरिङ: किशोर थापाले गर्नुभएकाे छ।

यस्तै म्युजिक भिडियोमा मुख्य भूमिकामा ऋजन मायालु / स्वस्तिका मुखिया हुनुहुन्छ।क्यामेरा तथा सम्पादनमा दिलीप थाम्सुङ / सुमित राई,पोस्टप्रोडक्सनमा थाम्सुङ प्रोडक्सन रहेकाे यस भिडियाेकाे निर्देशन सुनिता तामाङले गर्नुभएकाे छ।

ईलाममा बसेर साहित्य सिर्जना र साधनामा जीवन बिताईरहनुभएका सर्जक ऋजन मायालु बैंकिङ सेवामा आवद्द हुनुहुन्छ। उहाँकाे नयाँ कविता संग्रह “घुम्ती बिक्रिमा छ” प्रकाशाेन्मुख छ।यसै भिडियाेसँगै उहाँले मोडलिङ क्षेत्रमा पनि आफ्नो डेब्यु गरेका छन्। कविताका पानामा सीमित रहँदै आएका उनी, अब फराकिलो क्यानभासमा प्रस्तुत भएका छन्।

“बिर्सिएछौं मायाले” टीमले निर्माण गरेको यस भिडियोले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।
गीत युट्युब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर