माघ २६, २०८२ शनिबार

एमालेको राष्ट्रिय खेलकुद महासंघ सामाजिक सेवा तथा स्वयमसेवक बिभाग द्वारा सरसफाइ तथा सामग्री वितरण कार्यक्रम सम्पन्न

सरसफाई र सरसफाइ सामाग्री वितरणमा अतिथिहरु

बुढानिलकण्ठ, काठमाडौं । नेकपा एमालेको संगठन रास्ट्रीय खेलकुद महासंघ सामाजिक सेवा तथा स्वयमसेवक बिभागले बुढानिलकण्ठ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

सरसफाईका सामाग्री वितरण गर्नु हुँदै संयोजक आशिष् राई , साैजन्य उमा गुरुङ

सरसफाईका सामाग्री वितरण गर्नु हुँदै संयोजक आशिष् राई , साैजन्य उमा गुरुङ प्रमुख अतिथि र  मेयर  लगायत

सार्वजनिक स्थानको स्वच्छता र वातावरणीय सचेतनाको सन्देश फैलाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा डस्बिन, कुटो, झाडु लगायतका सरसफाइ सामग्रीहरू वितरण गरिएको थियो।

महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि  पर्शुराम बस्नेतका अनुसार “यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सार्वजनिक क्षेत्रको संरक्षणमा योगदान पुर्‍याउँछ।”

सहभागीहरु

कार्यक्रम संयोजक अशिष  राईले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “हामी खेलकुदसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर छौं। मन्दिर परिसर जस्ता धार्मिक तथा सांस्कृतिक स्थलको सरसफाइ हाम्रो प्राथमिकता हो।”

कार्यक्रम संयोजक आशिस राई

कार्यक्रम संयोजक आशिस राई

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर, उपमेयर, नेकपा एमालेका नेतागण, स्थानीय नागरिक, स्वयंसेवक तथा खेलकुदकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो।

सरसफाई कार्यक्रम

सरसफाई कार्यक्रम

खेलकुद महासंघ र सामाजिक विभागले खेलकुद संगसंगै बिपत व्यवस्थापन साथै विभिन्न बाटाघाटा पुल, पानी पोखरी , धार्मिक स्थल सरसफाई लगाएतका कार्यक्रमहरु गर्दै आएको छ।

प्रमुख अतिथी लगाएत सहभागी हरुले सरसफाइ गर्दै

प्रमुख अतिथी लगाएत सहभागी हरुले सरसफाइ गर्दै

सोहि क्रममा यो कार्यक्रम गरिएको संयोजक राईले बताउनु भयो । यस्तै सामाजिक उदाहरणिय काम मन पराएर  विभिन्न पार्टी परित्याग गरि एमाले मा ३ जना प्रवेश गरेका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर