माघ १५, २०८२ मंगलबार

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

मेयर तीर्थराज भट्टराई

मेयर तीर्थराज भट्टराई

काठमाडौं, साउन ४ – बाँस तथा बाँसजन्य कच्चा पदार्थको सदुपयोगमार्फत आर्थिक समृद्धिको माग गर्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई भोक हड्तालमा बस्न काठमाडौं पुगेका छन्।

मेयर तीर्थराज भट्टराई

नगरप्रमुख भट्टराईले साउन ११ गतेदेखि माइतीघर मण्डलामा तीन दिनको प्रतीकात्मक भोक हड्ताल गर्ने घोषणा गरेका छन्। उनले भोक हड्तालबाट पनि माग सुनुवाइ नभए साउन १४ गतेदेखि आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

सिंहदरबारअगाडि सत्याग्रह गर्ने तयारीमा रहेका भट्टराई आइतबार (साउन ४ गते) बाँस, परालबाट बनाइएको गुन्द्री, राडी लगायतका परम्परागत सामग्रीसहित काठमाडौं आइपुगेका हुन्। उनका अनुसार बाँस र त्यसबाट उत्पादन हुने सामग्रीमार्फत रोजगार र आर्थिक आम्दानीको सम्भावना धेरै भए पनि सरकारले नीति निर्माणमा चासो नदिएको गुनासो छ।

नगर उपप्रमुख विसन राईका अनुसार स्थानीय स्रोतको प्रयोग र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा बाँसको महत्त्व रहेकाले संघीय सरकारको ध्यानाकर्षण गराउन यो सत्याग्रहको निर्णय गरिएको हो।

नगरपालिकाले गत फागुन १५ देखि १७ गतेसम्म ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ आयोजना गरेर बाँसको सम्भावना र नीति निर्माणका विषयमा बहस अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर