भाद्र २८, २०८३ शनिबार

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

मेयर तीर्थराज भट्टराई

मेयर तीर्थराज भट्टराई

काठमाडौं, साउन ४ – बाँस तथा बाँसजन्य कच्चा पदार्थको सदुपयोगमार्फत आर्थिक समृद्धिको माग गर्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई भोक हड्तालमा बस्न काठमाडौं पुगेका छन्।

मेयर तीर्थराज भट्टराई

नगरप्रमुख भट्टराईले साउन ११ गतेदेखि माइतीघर मण्डलामा तीन दिनको प्रतीकात्मक भोक हड्ताल गर्ने घोषणा गरेका छन्। उनले भोक हड्तालबाट पनि माग सुनुवाइ नभए साउन १४ गतेदेखि आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन्।

सिंहदरबारअगाडि सत्याग्रह गर्ने तयारीमा रहेका भट्टराई आइतबार (साउन ४ गते) बाँस, परालबाट बनाइएको गुन्द्री, राडी लगायतका परम्परागत सामग्रीसहित काठमाडौं आइपुगेका हुन्। उनका अनुसार बाँस र त्यसबाट उत्पादन हुने सामग्रीमार्फत रोजगार र आर्थिक आम्दानीको सम्भावना धेरै भए पनि सरकारले नीति निर्माणमा चासो नदिएको गुनासो छ।

नगर उपप्रमुख विसन राईका अनुसार स्थानीय स्रोतको प्रयोग र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा बाँसको महत्त्व रहेकाले संघीय सरकारको ध्यानाकर्षण गराउन यो सत्याग्रहको निर्णय गरिएको हो।

नगरपालिकाले गत फागुन १५ देखि १७ गतेसम्म ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ आयोजना गरेर बाँसको सम्भावना र नीति निर्माणका विषयमा बहस अघि बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर