जेठ ३, २०८३ शनिबार

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

ललितपुर, च्यासल । नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

 

नेकपा एमालेका पोल्युट्ब्युरो सदस्य तथा संविधान सभा सद्य बिशाल भट्टराईका अनुसार बैठकको प्रारम्भमा महासचिव शंकर पोखरेलले बैठकका एजेन्डाबारे जानकारी गराउनुभयो भने उपाध्यक्ष विष्णु पौडेलले पार्टी विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नुभएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

बैठक अध्यक्ष ओलीको राजनीतिक तथा रणनीतिक महत्त्व बोकेको मन्तव्यका साथ प्रारम्भ भएको हो। बैठकमा सहभागी इच्छुक सम्पूर्ण केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।

नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको बैठक सुरु

नेता भट्टराईका अनुसार बैठकले समसामयिक राजनीतिक विषय, संगठन सुदृढीकरण, विधान संशोधन, भावी रणनीति लगायत विषयमा विस्तृत छलफल गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर