बैसाख १, २०८३ सोमबार

एमाले निकट राष्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ

एमाले निकट राष्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । जिल्ला समन्वय समितिको समिक्षालय हल दिक्तेलमा शनिबार राती सम्पन्न दोस्रो जिल्ला अधिबेसनबाट श्रेष्ठ संगठनको अध्यक्षमा सर्वसहमत चयन भएको हो । २५ सदस्यीय संगठनको उपाध्यक्षमा कौसल अधिकारी, महिला उपाध्यक्षमा अनीता भट्टराई, सचिवमा राम प्रसाद आचार्य , सहसचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा शुसिला आचार्य ,सदस्यहरुमा, विरेन्द्र भट्राई , नवराज राई , बावुराम राई , भुपेन्द्र बस्नेतसर्जन बुढा , अनोज खतिवडा , सुरेस प्रधान , शिव कुमार राई , जयदेव पौडेल , चन्द्रकला पाठक , विशाल राई , रोशन पोख्रेल , सुबास नेपाली , गोमा देवी अधिकारी , सन्तोष भट्राई , अमिर बि क , तेजेन्द्र प्रकाश रेग्मी , मणिराम अधिकारी , अर्जुन कुमार राउत गरी जम्मा २५ सदस्य चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सह–संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्य तथा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको विशेष आतिथ्यमा सम्पन्न भएको अधिबेसन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल, सचिवालय सदस्य विणादेवी राई, सदस्य गोमादेवी खत्री लगायत विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर