मंग्सिर २१, २०८० बिहिबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई प्लास्टिक कुर्सी र दुई थान खाट प्रदान

दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङले जिल्ला ट्राफिक कार्यालय खोटाङ्लाई १० थान प्लास्टिकको कुर्सी र २ थान खाट प्रदान गरेको छ । शुक्रबार खोटाङ्को दिक्तेल बजार स्थित रत्नपार्कमा रहेको ट्राफिक कार्यलयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का वडा अध्यक्ष ललित कुमार राईले ट्राफिक प्रहरिका जिल्ला ईन्चार्ज दल बहादुर खत्रीलाई एक कार्यक्रमको आयोजनागरी प्रदान गरिएको हो ।

आफ्नै वडामा ट्राफिक कार्यलय बसेको कारण सवारी साधनको दुरुपयोग र दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण जिम्मेवारी रहेको कार्यलयलाई कुर्सी र आराम गर्नकै लागि खाटको अभाव रहेको थाहा भएकोले वडा कार्यलयको तर्फबाट ७ सय रुपैयाको दरले पर्ने प्लास्टिकको कुर्सी १० थान र ५ हजार रुपैयाँ पर्ने सुत्ने खाट २ थान प्रदान गरिएको वडा अध्यक्ष राईले बताउनु भयो । ट्राफिक कार्यलय नयाँ ठाउमा भर्खरै सरेकोले ब्यवस्थापनमा कठिनाई रहेको छ । सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाएका , दुर्घटनामा सम्लग्नहरुलाई ट्राफिक नियम पढाउनका लागि तथा अतिथि आउदा बस्न समेत अति आवश्यकिय रहेको कुर्सी तथा खाट उपलब्ध गराएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीले ३ नम्बर वडा र वडा अध्यक्ष राई प्रती खुसी व्यक्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर