भाद्र २९, २०८३ आइतबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई प्लास्टिक कुर्सी र दुई थान खाट प्रदान

दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङले जिल्ला ट्राफिक कार्यालय खोटाङ्लाई १० थान प्लास्टिकको कुर्सी र २ थान खाट प्रदान गरेको छ । शुक्रबार खोटाङ्को दिक्तेल बजार स्थित रत्नपार्कमा रहेको ट्राफिक कार्यलयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ का वडा अध्यक्ष ललित कुमार राईले ट्राफिक प्रहरिका जिल्ला ईन्चार्ज दल बहादुर खत्रीलाई एक कार्यक्रमको आयोजनागरी प्रदान गरिएको हो ।

आफ्नै वडामा ट्राफिक कार्यलय बसेको कारण सवारी साधनको दुरुपयोग र दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण जिम्मेवारी रहेको कार्यलयलाई कुर्सी र आराम गर्नकै लागि खाटको अभाव रहेको थाहा भएकोले वडा कार्यलयको तर्फबाट ७ सय रुपैयाको दरले पर्ने प्लास्टिकको कुर्सी १० थान र ५ हजार रुपैयाँ पर्ने सुत्ने खाट २ थान प्रदान गरिएको वडा अध्यक्ष राईले बताउनु भयो । ट्राफिक कार्यलय नयाँ ठाउमा भर्खरै सरेकोले ब्यवस्थापनमा कठिनाई रहेको छ । सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाएका , दुर्घटनामा सम्लग्नहरुलाई ट्राफिक नियम पढाउनका लागि तथा अतिथि आउदा बस्न समेत अति आवश्यकिय रहेको कुर्सी तथा खाट उपलब्ध गराएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीले ३ नम्बर वडा र वडा अध्यक्ष राई प्रती खुसी व्यक्त गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर